यस्ता छन् अाजका विभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीय

“
काठमाडाैं, साउन २३ । अपहरण र हत्याका घटना हामीकहाँ नियमितजस्तो भईरहेका छन् । समाजमा बेरोजगारीले मात्र यस्ता घटना भईरहेका छैनन् । नैतिक मुल्यको ह्रास यस्ता घटनाको मुख्य कारण हो । दण्डहीनताले पनि धेरै व्यक्तिलाई अपराध कर्मतर्फ आकर्षित गरेको छ ।, आजकोनागरिक दैनिकमा आततायी हत्या शिर्षकमा सम्पादकीय छापिएको छ ।
देशमा संकटकाल छैन । कुनै सशस्त्र छैन । संगठित आपराधिक समुहहरु छैनन् ।
प्रहरीलाई भने खतरा भएझै मुठभेडका घटना हुने गरेका छन् ।
हिजो भक्तपुरको जंगलभित्र त्यस्तै भयो ।
दुईजना युवकहरुका गोली लागेका शवका तस्विर प्रहरीले खिचेर देखायो जसका हातमा पेस्तो थिए र खुट्टामा चप्पल ।
जम्काभेट नभई मुठभेट हुन सक्दैन । गिरफ्तार गरी लगिएका ब्यक्तिसँग जम्काभेट हुँदैन ।
आत्मरक्षाका लागि प्रहरीले प्रकृति हेरी गोली चलाउँछन् तर त्यसको पनि विश्वसनीय आधार हुनुपर्छ ।
तर पक्रेर लागिएका ब्यक्तिबाट प्रहरीलाई असुरक्षा हुनुपर्ने अवस्था कल्पना गर्न सकिँदैन । अर्कातिर ती ब्यक्तिको कुनै आपराधिक पृष्ठभुमि पनि देखिन्न ।, आजकोकान्तिपुर दैनिकमा जम्भाभेट नभई मुठभेड शिर्षकमा सम्पादकीय छापिएको छ ।
रेमिट्यान्स कुल प्राप्ति रकम ७ खर्ब, निर्यातबाट भएको आय ८१ अर्ब र पर्यटनबाट भएको आय करिब ६८ अर्ब जोड्दा पनि आयातको बलि तिर्न पुग्दैन ।
देशको व्यापार घाटा बेपत्रै बढेर वार्षिक बजेटबराबर नै पुगेपछि, यतिखेर सर्वत्र चिन्ता व्यक्त गर्न थालिएको छ ।, आजको कारोवारदैनिकमा आयात नियन्त्रण कि उत्पादन बृद्धि शिर्षकमा सम्पादकीय छापिएको छ ।
अपहरणमा परेका ११ बर्षीय बालक निशान खड्काको निकै निर्मम र क्रुर ढंगले हत्या गर्ने दुईजना अपहरणकारीलाई प्रहरीले ईन्काउन्टरमा मारेको छ ।
अपहरणकारी मारिनुमा सबैले प्रहरीको तारिफ गरेका छन्, भने बालक मारिएकोमा भने सबैको ह्रदय रोएको छ ।
किनकी बालक अपहरण गरेर ज्यान नै लिनु अपराधको पराकाष्ठा हो ।, आजको नेपाल समाचारपत्रमा अपराधको पाराकाष्ठा शिर्षकमा सम्पादकीय छापिएको छ ।
“








