प्रधानमन्त्री ओलीको दोहोरो चरित्रका कारण नियुक्ति प्रक्रिया दुर्घटनामा पर्यो : कांग्रेस

काठमाडौं, साउन २२ । नेपाली कांग्रेसले प्रधानन्यायाधीश नियुक्ति प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदको प्रतिष्ठा र जिम्मेवारी विपरित दोहोरो भूमिका खेलेको आरोप लगाएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकपछि मंगलबार जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीले आफ्नो पदको प्रतिष्ठा र जिम्मेवारी विपरित दूराशयपूर्ण ढंगले दीपकराज जोशीलाई आफै प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने र आफैं अस्वीकृत गराउने दोहोरो भूमिका खेलेका कारण नियुक्ति प्रक्रिया दुर्घटना परेको निश्कर्ष निकालिएको छ ।

कांग्रेसले यो घटनालाई दुर्भाग्यपूर्ण भएको जनाउँदै न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण र नियन्त्रणकारी हस्तक्षेप भएको दाबी गरेको छ ।

 विज्ञप्तीमा भनिएको छः ‘यो दुर्भाग्यपूर्ण घटनालाई निस्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण र नियन्त्रणकारी हस्तक्षेपका रुपमा लिदै नेपाली कांग्रेस आगामी दिनमा लोकतन्त्रका आधारभूत मूल्य, मान्यता, संविधान, संवैधानिक सर्वोच्चता र न्यायापालिकाको स्वतन्त्रता एवं निष्पक्षता रक्षा गर्न अझ बढी गम्भीरताका साथ क्रियाशील रहने निर्णय गर्दछ ।’

विज्ञप्ती :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *