विद्यालयमै प्रेमलीला !

प्रेमलाई दुई आत्माको मिलन भनिन्छ । यो प्रकृतिको शास्वत सत्य हो । सत्य प्रेमलाई द्धापर युगका राधाकृष्ण र कलियुगका लैला–मजनुसँग तुलना गर्न सकिन्छ ।

तर, पछिल्लो समय प्रेम विकृतिका रुपमा देखिएको छ । स्कुल जाने उमेरकै केटाकेटी प्रेममै अभ्यस्त हुन थालेका छन् । उनीहरु स्कुल, कलेज छाडेर डेटिङ जाने गर्छन् ।

यसबाट उनीहरुको भविष्य अनिश्चित बन्दै गएको छ । विद्यालय समयमै स्कुल ड्रेसमै केटाकेटी घुम्न गएको यत्रतत्र देखिन्छ । यसप्रति अभिभावकहरुले न त हेक्का राख्छन् न त विद्यालय प्रशासनले नै । यसबाट विद्यार्थीको भविष्य अन्योल बन्दै गएको छ ।

पछिल्लो समय प्रेम शारिरीक आकर्षण बनेको जानकार बताउँछन । यो प्रेम दिर्घकालसम्म नटिक्ने गरेको जानकार बताउँछन । टिन एजमा शारिरीक आर्कषण बढी हुने जानकारहरुको बुझाइ छ । कतिको प्रेमका नाममा झै–झगडा काटमारका घटना सुनिन्छन् ।

कतिपयहरु त प्रेमकै कारण आत्महत्या समेत गर्ने गरेका छन् । लभ एउटा फेसन बनेको छ । प्रेमि–प्रेमिका नभएकाहरुलाई हास्यास्पद पात्रका रुपमा हेरिन्छ । तर यसप्रति अभिभावकहरुले चासो दिएको पाइँदैन । आफ्ना छोराछोरी के गरिरहेका छन् ? उनीहरुको संगत कस्तो छ ? उनीहरुको पढाइ कस्तो छ ? अभिभावकहरुले सामान्य हेक्का समेत राख्ने गरेको पाइँदैन ।

यसतर्फ सरोकारवाला निकायको समेत ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *