नेदरल्याण्डविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल(लाइभ)

“
काठमाडौं, साउन १८ । घरेलु टोली नेदरल्याण्डविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ ।
भिआरए मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपालको लक्ष्य पहिलो ओडिआईमा बुधबार बेहोरेको हालको बदला लिदैं श्रृखंलामा बराबरी गर्ने हुनेछ । यसअघि पहिलो खेलमा नेपालले टस हारेर पहिले बलिङ गरेको थियो ।
भिआरए मैदानमा दिउँसो पौने तीन बजे नेपाल र नेदरल्याण्ड्स आमने सामने हुनेछन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यता पाएपछि दुई खेलको एकदिवसीय सिरिज खेल्न नेदरल्याण्ड पुगेको नेपालले आज दोस्रो तथा अन्तिम खेल खेल्न लागेको हो । यसअघि बुधबार भएको डेब्यु खेलमा नेपाल नेदरल्याण्डसंग ५५ रनले हारेको थियो ।
हारबाट एकदिवसीय क्रिकेटमा पाइला चालेको नेपाल दोस्रो खेलमा भने जित्ने लक्ष्यसहित मैदान उत्रने छ । र, नेपाल दुई खेलको सिरिजलाई बराबरी गर्न चाहन्छ । आजको खेल जिते नेपालको एकदिवसीय क्रिकेट सिरिज सुखद बन्नेछ । यता, नेदरल्याण्ड पनि सिरिजमा क्लिन स्विप गर्ने लक्ष्यमा हुनेछ ।
नेदरल्याण्डविरुद्ध दोस्रो खेलमा जित निकाल्न नेपाललाई कम्तिमा ब्याटिङ सुधारको आवश्यकता रहेको छ ।
ब्याटिङ कमजोर हुँदा नेपालले जित्नुपर्ने डेब्यु खेल गुमाएको थियो ।
गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो ।
नेदरल्याण्डविरुद्धको दुई खेलको सिरिजपछि नेपालका भेट्रान स्पिनर शक्ति गौचनले सन्यास लिनेछन् ।
लाइभ
https://youtu.be/pyqa3FVg_xY”








