नेपालको लागि ओडिआईमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी बने ज्ञानेन्द्र मल्ल
२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन १६ । नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले नेपालले खेलेको पहिलो वान डे इन्टरनेशनल ओडिआई क्रिकेटमा अर्धशतक प्रहार गरेका छन् ।
नेदरल्याण्ड्स विरुद्ध भइरहेको पहिलो ओडिआईमा मल्लले ५६ बल खेल्दै ८ चौकाको मद्दतमा ५० रन बनाउँदैै मल्ल नेपालको तर्फबाट वान डे इन्टरनेशनल ओडिआई क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।
त्यस्तै नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गरे। उनले ४ विकेट लिए। सोमपाल कामीले ३ विकेट हात पारे। सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले समान १–१ विकेट हात पारे
एकदिवसीय मान्यता हासिल गरेको साढे ४ महिनापछि नेपालले बुधबार एकदिवसीय खेलमा डेब्यू गरेको हो।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








