संसदीय सुनवाई समितिका सदस्यहरुको सुरक्षाका लागि खटाइयो पीएसओ
२०७४ जेठ १५ गते

“
काठमाडौँ, साउन १६ । संसदीय सुनुवाई विशेष समितिका सदस्यहरुको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले निजी सुरक्षा अधिकारी (पीएसओ) खटाएको छ ।
संसदीय सुनुवाई समितिका १५ सदस्यमध्ये ७ जनाले लिएका छन् भने अन्यले अनावश्यक भएको भन्दै पीएसओ लिन अस्वीकार गरेका छन् ।
सुरक्षा संवेदनशीलतालाई रिभ्यू गर्न आवश्यक देखिएकाले पीएसओको व्यवस्था गरिएको प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीले बताए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








