न्याय परिषद नालायक भयो, तथ्यपूर्ण निर्णय नगरे बदनाम हुन्छ– अधिवक्ता बिडारी

काठमाडौं, साउन १५ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले न्याय परिषद नै नालायक भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँगको कुराकानीमा अधिवक्ता विडारीले प्रधानन्यायाधीशका शैक्षिक प्रमाणपत्रबारे नै विवाद आउनु दुखद भएको भन्दै न्याय परिषद नै नालायक भएको बताएका हुन् ।

कुराकानीमा उनले भने, “न्याय परिषद नालायक भयो । गोपाल पराजुलीको बेलामा पनि त्यस्तै भयो । न्याय परिषदमा जागीर खान मात्रै गएका छन् ।” उनले भने ।

भावी प्रधानन्यायाधीशको शैक्षिक प्रमाणपत्र तथा आचरणबारे न्याय परिषदले बेलैमा ध्यान दिइ जति सक्दो चाँडो निर्णय हुनुपर्ने विडारीको तर्क छ ।

प्रधानन्यायाधीश नियुत्तिबारे अन्तिम निर्णय दिने अधिकार संसदीय समितिलाई हुने भएको भन्दै उनले विडारीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीमाथि लागेका आरोप पुष्टी हुने गरी तत्काल संसदीय सुनुवाई समितिले निर्णय गर्नुपर्ने बताए ।

सुनुवाई समितिलाई प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई अयोग्य ठहर गर्ने अधिकारसमेत रहेको उनको दाबी छ ।

“संसदीय सुनुवाई समितिको दुई तिहाई बहुमतले अस्विकार गर्न सक्छ । यो संवैधानिक व्यवस्था हो ।” विडारीले भने ।

जोशीको शैक्षिक प्रमाणपत्र नक्कली हो वा होइन भन्ने कुरा अनुसन्धान गरेर पत्ता लगाउनुपर्ने उनको तर्क छ । “समितिले जे जे काम गर्नुपर्ने हो त्यो सबै छिटो गर्नुपर्छ । प्रधानन्यायाधीशको बारेमा यति धेरै दिनसम्म अलमल गर्नुहुँदैन । किनकी प्रधानन्यायाधीश भनेको अत्यन्तै संवेदनशील पद हो ।” विडारीले भने ।

“अब सुनुवाई समितिले छिटो निर्णय गर्नुपर्यो । तथ्यपूर्ण गर्नुपर्यो । यति गर्न सकेन भने सुनुवाई समिति पनि ठूलो बदनाम हुन जान्छ ।” विडारीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 5 =