कंगारुले यथार्थमा रहेर करियर काउन्सिल गर्छः बडाल

Abroad Study मा जाने विद्यार्थीलाई सहि परामर्श दिने भरपर्दो शैक्षिक संस्थाको नाम लिनुपर्दा कंगारु एजुकेशन फाउण्डेशनको नाम अग्रपंङ्तीमा आउँदछ ।
सन् २०१२ बाट सञ्चालनमा आएको कंगारु एजुकेशनले Abroad Study का लागि अष्ट्रेलिया जाने विद्यार्थीलाई करियर काउन्सेलिङ गर्दै आइरहेकोमा पछिल्लो समय क्यानडा, न्युजलेण्ड, युरोप लगायतका देशका लागि पनि काम गर्दै आइरहेको छ ।

कंगारु मार्फत सिंगापुर तथा बेलायतबाट उच्च शिक्षा हासिल गरी नेपाल आएका प्रभात बडाल अहिले कंगारु एजुकेशनमा नै विगत ४ वर्षदेखि काउन्सलरको रुपमा कार्यरत छन् । कंगारुले आउँदो साउन १६ गतेबाट आफ्नै कार्यालयमा शैक्षिक मेलाको आयोजना गर्दै छ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई Abroad Study का विविध विषयमा जानकारी दिन आयोजना गरिएको शैक्षिक मेलामा विद्यार्थीको सहभागिता किन ? भन्ने विषयमा कंगारुमा विजनेश डेभलपमेण्ट हेर्दै आएका बडालसँग गरिएको कुराकानीको संक्षेपः

प्रभात बडाल, विजनेश डेभलपमेण्ट अफिसर, कंगारु एजुकेशन फाउण्डेशन

कंगारु एजुकेशन फाउण्डेशन कस्तो प्रकारको शैक्षिक संस्था हो ?

जो विद्यार्थी उच्च शिक्षा हासिल गर्न Abroad जान चाहन्छन्, ती विद्यार्थीलाई सहि सत्य तथ्य सुचना प्रवाह गरी उनीहरुको सपनालाई साकार बनाउने एक मात्र भरपर्दो शैक्षिक संस्था हो कंगारु एजुकेशन फाउण्डेशन ।

Abroad Study मा जाने विद्यार्थीलाई सबै विषयमा जानकारी चाहिन्छ । यहाँ परिवारको लगानीमा, रेखदेखमा पढेका विद्यार्थीलाई एकै पटक विदेश जाँदा आइपर्ने समस्या, चुनौति र त्यसलाई कसरी हल गर्ने बारेमा विस्तृत जानकारी दिने काम गर्दछ कंगारु एजुकेशनले ।

म स्वयं कंगारुबाट Abroad Study मा गएर उच्च शिक्षा हासिल गरेर स्वदेश फर्किएको हुँ । कंगारु एउटा यस्तो संस्था हो, जसले नेपालमा रहँदा विद्यार्थीलाई Abroad Study का बारेमा परामर्श दिन्छ भने, विद्यार्थी Abroad मा गइसकेपछि पनि उसलाई हरेक प्रकारले राइट गाइड गर्ने काम गर्दछ ।

कंगारुबाट Abroad Study मा जानु र अहिले कंगारुमै रहेर विद्यार्थीलाई परामर्श दिँदा यसले दिने परामर्श कस्तो देख्नुभयो ?

Abroad Study मा जाँदा कंगारुले जसरी परामर्श दियो, त्यो अत्यन्तै महत्वपूर्ण थियो । Abroad Study के हो ? कसरी अध्ययन गर्ने ? कस्ता विषय छान्ने ? विदेशमा कसरी सेटल हुने ? पढाई र कामलाई कसरी ब्यवस्थापन गर्ने ? कस्ता कस्ता समस्या आइपर्न सक्छन् ? चुनौतिलाई कसरी फेस गर्ने ? पार्ट टाइम जब कसरी खोज्ने ? जस्ता विषयमा नेपालमा कंगारुले मलाई जसरी गाइड गरेको थियो ।

विदेश गइसकेपछि त्यहि अनुसार नै पाएँ । मलाई समस्या आइपर्छ त्यसलाई कसरी समाधान गर्नुपर्छ भनेर कंगारुले नै गाइडेन्स गरेको थियो । यसले मलाई कंगारु प्रतिको विस्वास अझ मजवुत गराइदियो । र, अहिले म विदेशमा हासिल गरेको त्यहि अनुभवलाई नयाँ विद्यार्थीसँग साटासाट गर्नका लागि कंगारुमा रहेर काम गरिरहेको छु ।

Abroad Study मा जाने विद्यार्थीले किन कंगारु रोज्ने ?

कंगारुले यथार्थमा रहेर करियर काउन्सिल गर्छ । Abroad Study को शैक्षिक, आर्थिक, सामाजिक रुपमा आइपर्ने समस्यालाई बुझेका काउन्सलर हुनुहुन्छ । काउन्सलर आफैं सम्बन्धित देशबाट ग्राजुएट भएर आएकोले विद्यार्थीहरुलाई सहि र सत्य परामर्श गर्ने भएकोले पनि विद्यार्थीले हामीलाई रोज्ने गर्नुहुन्छ ।

कक्षा १२ उत्तिर्ण गरीसकेपछि नेपाली विद्यार्थीहरु किन Abroad Study मा जान आवश्यक छ ?

मुख्य कुरा विदेशको पढाईले विद्यार्थीलाई स्किल दिन्छ, आत्मविस्वास बढाउँछ । नेपालमा पढ्दा हामी आत्मनिर्भर बन्नै सक्दैनौं । परिवारले नै सबै गरिदिने भन्ने हाम्रो धारणा हुन्छ । पढ्दा साथीहरुसँग डुल्ने भन्ने हुन्छ । नेपालमा हप्ताको छ दिन नै थ्यौरिकल पद्दतिमा पढाइ हुन्छ । जसले विद्यार्थीलाई अरु कुरा सोच्न सक्ने क्षमता दिँदैन ।

साथै हाम्रो परीक्षा प्रणालीपनि सोहि प्रकारको भएकोले विद्यार्थीले नयाँ कुरा सिक्न र गर्न पाउँदैनन् । तर त्यसको दाँजोमा विदेशमा विद्यार्थीहरुलाई असाइमेन्ट गराइन्छ र उनीहरुको विचार हेर्ने गरिन्छ । जसले गर्दा उनीहरु बढी परिपक्व भइन्छ । फरक देशका फरक साथीहरुका विचार, संस्कृति, भाषा र सिप सिक्न पाइन्छ जसले विद्यार्थीमा आत्मविस्वास समेत बढ्छ । त्यसकारण पनि उच्च शिक्षाका लागि Abroad Study मा जानु पर्दछ ।

कंगारुले Abroad Study मा गइसकेका विद्यार्थीलाई कसरी गाइड गर्छ ?

अरु कन्सल्टेन्सीले नेपालमा रहँदा जसरी काउन्सेलिङ गर्छन्, विदेश गइसकेपछि त्यसरी नै गाइड गर्न सक्दैनन् । कंगारुले नेपालमा विद्यार्थीलाई करियर काउन्सेलिङ गर्छ, सँगै Abroad Study मा गइसकेपछि पनि विद्यार्थीका हरेक समस्या निराकरणका लागि काउन्सेलिङ गर्ने गर्दछ । यो कुरा मैले प्रत्यक्ष भोगेको अनुभव हो ।

कंगारुको करियर काउन्सेलिङबाट विद्यार्थीले Abroad Study मा आइपर्ने हरेक समस्या समाधान गर्न सक्छन् । उनीहरुमा आत्मविस्वास बढेको हुन्छ । यसका लागि कंगारुका दक्ष तथा अनुभवी काउन्सलरहरु विद्यार्थीसँग नियमित सम्पर्कमा रहने, उनीहरुको पढाई र कामका विषयमा जानकार रहने गर्नुहुन्छ । यसका लागि हामीले अहिलेको सुचना र संचार प्रविधिको अधिकतम प्रयोग गरेर विद्यार्थीसँग नियमित सम्पर्कमा रहने गरेका छौं ।

Abroad Study मा जाने विद्यार्थीले कस्ता विषय रोज्दा स्वदेशमा आएर पनि स्थापित हुन सक्छन् ?

मुख्य कुरा विद्यार्थीको कुन विषयमा दक्षता छ, उसलाई कुन विषय प्रति इच्छा छ त्यही अनुसार पढ्नुपर्छ । समाजमा कस्तो विषय आवश्यक छ त्यसको अनुसन्धान गरेर विद्यार्थीले आफ्नो इच्छामा ध्यान दिनुपर्छ । पढ्ने भनेको अन्तिममा राम्रो काम होस्, भविष्य सुनिश्चित होस भन्ने हो ।

हामी विद्यार्थीको रुचि, विश्व बजार र नेपालको माग अनुसारका कोर्ष अध्ययन गर्न सल्लाह दिन्छौं । आइटीमा पनि धेरै स्पेसिफिकेसन कोर्षहरु छन् । होटल मेनेजमेण्टमा पनि स्पेसिफिक कोर्ष छन् । इन्जिनियररिङमा पनि । स्वास्थ्य भित्रका पनि स्पेसिफिक विषय रोज्नुपर्छ । मेकानिजमका कोर्ष, चाइल्ड केयर, नर्सिङ भित्रका स्पेसिफिक कोर्षहरु लगायतका मेजर कोर्षहरु अध्ययन गर्दा विद्यार्थीलाई फाइदा हुन्छ ।

कंगारुले बुधबारबाट एजुकेशन फेयर गर्नुको उद्देश्य के हो ?

अहिले एजुकेशन फेयर फेसन जस्तै भइरहेको छ । हरेक कन्सल्टेन्सीले फेयर गर्ने जहाँ कन्सल्टेन्सीकै मात्र काउन्सलर बसेर विद्यार्थीलाई काउन्सेलिङ गर्ने गर्छन् । जसले सहि काउन्सेलिङ विद्यार्थीले नपाएको फिडब्याक हामीले पाएका छौं ।

हामीले चाहिँ विद्यार्थीलाई सम्बन्धित देशका विश्वविद्यालय र कलेजका प्रतिनिधि नै बोलाएर विद्यार्थीसँग प्रत्यक्ष भेट गराएर काउन्सेलिङ गर्न एजुकेशन फेयर गरेका हौं । जहाँ विद्यार्थीले आफुलाई चाहिएको जस्तो सुकै कुरा प्रत्यक्ष बुझ्न सक्छन् ।

एजुकेशन फेयरमा के कस्ता विश्वविद्यालयका प्रतिनिधि आउँदैछन् ?

कंगारुले मेजर रुपमा अष्ट्रेलियाका लागि काम गर्दै आइरहेको छ । एजुकेशन फेयरमा अष्ट्रेलियाका ५ ओटा मेजर विश्वविद्यालयहरु जुन चाहिँ, सिड्नी, मेलवर्न, व्रिसवेन, वर्थमा अादि स्थानमा रहेका छन् । त्यहाँका विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहनेछ ।

हामीले क्यानडाको मार्केटलाई पनि फोकस गरिरहेका छौं । क्यानडाले इन्टरनेशनल विद्यार्थीलाई धेरै राम्रा अवसर दिएकोमा नेपाली विद्यार्थीको लागि पनि राम्रो मार्केट छ । क्यानडाको भिजा रेटपनि राम्रो छ । यसका अलावा युएस, न्युजलेण्डका विषयमा पनि फेयरमा विद्यार्थीले वान टु वान काउन्सेलिङ गर्ने सुविधा रहेको छ । फेयरमा विद्यार्थीले आफ्नो डकुमेन्टस् लिएर आएको अवस्थामा सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिले डकुमेन्ट हेरेर एड्मिसन पाउँछ की पाउँदैन ? स्कलरसिप कति हुन्छ ? शुल्क के कस्तो लाग्छ अन द स्पट बुझ्न सक्छन् ।

यो फेयरमा कति विद्यार्थी सहभागी होलान् ?

विगतमा हामीले होटल अन्नपूर्णमा गरेका थियौं जहाँ लगभग १५ सय विद्यार्थीले सहभागिता जनाएका थिए । अहिले आफ्नै कार्यालयमा गर्दैछौं । यसपटक लगभग छ सात सय विद्यार्थीले सहभागिता जनाउने अपेक्षा गरेका छौं । फेयरमा विशेष गरी प्लस टु सकेका र व्याचलर सकेका विद्यार्थीको सहभागिता हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *