अाजकाे विशेष समितिको बैठकमा प्रधानन्यायाधीश बारे निर्णय के हाेला ?

काठमाडौं, साउन १३ । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । शुक्रबार स्थगित भएको बैठक आज सिंहदरबारमा बस्न लागेको हो । बैठकमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदन हुने वा नहुने निर्णयको तयारी गरिएको छ।

गत बिहीबार सुनुवाइ सकिए पनि जोशीको अनुमोदनबारे निर्णय भएको छैन । सुनुवाइकै क्रममा उहाँको प्रमाणपत्र विवादमा आएपछि सुनुवाइ समितिले थप अध्ययन गर्नुपर्ने भन्दै निर्णय गरेको छैन ।

शैक्षिक योग्यताको विवाद उच्च राजनीतिक तहमा समेत परामर्श भइरहेको छ। उच्च तहमा भएको परामर्श अनुसार आजको बैठकले उपसमिति बताएर जाने तयारी समेत गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *