भदौ १२ गते सम्म सडक मर्मतमा सुधार नआए सरकारले ठेकेदारसँग गरेको सम्झौता तोड्ने चेतावनी

काठमाडौं, साउन १२ । कलंकी-नागढुंगा सडक खण्डको अनुगमन गर्दै यातायात मन्त्री रघुबिर महासेठले आगामी भदौ १२ गते सम्म सडक मर्मतमा सुधार नआए सरकारले ठेकेदारसँग गरेको सम्झौता तोड्ने बताएका छन् ।

शनिबार एक्कासी सडक बिभाग र सम्झौतारत ठेकेदार कम्पनी सैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिसहित अनुगमनमा पुगेका मन्त्री महासेठले सडकको चौडाइ घटाएरै भए पनि यात्रु र यातायातलाई सहज बनाउने दाबी समेत गरेका छन् ।

मुआव्जाको विषयमा सर्वोच्चले गरेको निर्णयविरूद्ध पुनरावलोकन गर्ने तयारीमा सरकार रहेको मन्त्री महासेठले जानकारी दिए ।

ठेकेदारको कामप्रति असन्तुस्टि जनाउँदै तत्काल जनतालाई राहत हुने काम नगरे जो कोही भएपनि कारबाहीको भागीदार हुने मन्त्रिको भनाई थियो, ठेकेदारलाई थपेको समयसीमाप्रति अनभिज्ञ प्रकट गर्दै मन्त्री महासेठले यो सरकारको भन्दापनि सडक बिभागको जिम्मेबारीभित्र पर्ने हुनाले संचारकर्मीको प्रश्न सडक बिभाग प्रतिनै तेर्साएका थिए ।

झन्डै छ किलोमिटर सडक बनाउन ठेकेदार कम्पनी सैलुङ कन्स्ट्रक्सनले चार बर्ष बिताउँदा जम्मा ४० प्रतिशत काम सकिएको छ भने यो सडक खण्डमा पर्ने दुई पुलको हालसम्म टेन्डर हुन सकेको छैन ।

उता मन्त्री सँगै अनुगमनमा पुगेका ठेकेदार सैलुङ कम्पनीका प्रतिनिधि नबराज सुबेदीले भने मन्त्रीको भनाइप्रति असहमती जनाउँदै भदौभित्र सडक सुधार असम्भव रहेको बताएका थिए ।

सुटुक्क अनुगमनमा पुगेका मन्त्री लगायत सरकारी अधिकारीप्रति लक्षित गर्दै स्थानियले भने आक्रोश समेत पोखेका थिए ।

अनुगमनमा सँगै रहेका प्रदेश सांसद रमा आलेमगरले राजधानी भित्रिने र बहिरिने प्रमुख नाकाप्रति सरकार र ठेकेदारको लापरबाहिले आम जनताले दुःख पाएको प्रसंग निकाल्दै जतिसक्दो चाँडो सम्पूर्ण समस्याको हल निकाल्न अनुगमन टोलिलाई सुझाब दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *