पार्टी एकताको २ महिना बढी,अझै अल्मलियो भ्रातृ संगठनको एकता

काठमाडौं, साउन १२ । तत्कालिन एमाले र माओबादी केन्द्रबीचको पार्टी एकता भएको २ महिना बढी भईसक्दा समेत भ्रातृ र जनवर्गीय संगठनको एकताले मुर्त रुप पाउन सकेको छैन ।

पार्टी एकता लगत्तै २२ वटा भ्रातृ संगठनलाई एकता प्रक्रियामा लैजाने बताएपनि नियमावली र कार्यबिधी बन्न नसक्दा ढिलाई भएको हो । यद्यपी भ्रातृ  संगठनबीचको एकताका लागि गठित कार्यदलले आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको नेताहरुको दाबी छ ।

नेकपा नेतृ पम्फा भुषालले नियमावली तथा कार्यविधि निर्माणको काम सम्पन्न भईसकेकाले भ्रातृ  संगठनहरुबीचको एकता प्रक्रिया अब द्रुत गतिमा अघि बढ्ने उल्लेख गर्नुभयो । नेता सुवास नेम्वाङले भातृ संगठनको एकता प्रक्रियामा केही अलमल देखापरेपनि अब भने त्यो अबस्था नरहने उल्लेख गर्नुभयो ।

जनवर्गीय संगठनको एकताका लागि आवश्यक प्रक्रिया पुरा भईसकेकाले अब भने त्यसले गति लिने उल्लेख गर्नुभयो ।  भ्रातृ  संगठनको पहिलो एकता स्वरुप आज बुद्धिजिवि संगठनको एकता हुँदैछ । कुपण्डोलको एक होटलमा दिउँसो ३ बजे एकता घोषणा कार्यक्रम हुने नेता नेम्वाङले जानकारी दिनुभयो ।

तत्कालिन एमाले र माओबादी केन्द्रबिच गत जेठ ३ गते पार्टी एकता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *