पाकिस्तानमा अाम निर्वाचन हुँदै, चार प्रदेशको निर्वाचनपनि आजै

काठमाडाैं, साउन ९ । पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । तल्लो सदनको २ सय ७२ सदस्यकालागि १० करोड ६० लाख मतदाताले सहभागी हुँदैछन् । चार प्रदेशको निर्वाचनपनि आजै हुनेछ ।

पाकिस्तानीपूर्व क्रिकेट स्टार इमरान खानको पार्टी पाकिस्तान तेहेरिक ए ईन्साफ पीटीआई पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टी भन्दा बलियो देखिएको चुनावी विश्लेषण गरिएको छ । मतदान प्रक्रिया स्थानीय समयानुसार बिहान ८ बजेदेखि सुरु भएकाे छ।

समग्रममा कम्तिमा ५ प्रतिशत मत ल्याउने पार्टीबीच ७० महिला र अल्पसंख्यकको सिट बाँडिने छ । सन् २०१३ मा भएको निर्वाचनमा पूर्व प्रधानमन्त्री नवाज सरिफको पीटीपीएमएलएन ले ५५ प्रतिशत मतले जितेको थियो ।

सन् १९४७ मा पाकिस्तानको स्वतन्त्रता पछि दोश्रो पटक निर्वा्चित सरकारले अर्को निर्वा्चित सरकारलाई सत्ता हस्तान्तरण गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *