वन क्षेत्रमा जनप्रतिनिधिले गरे अनुगमन

कैलाली, सावन ८ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ६ को शम्भुसुनन्दा सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा वडाका जनप्रतिनिधि तथा समितिका पदाधिकारीहरुले मंगलबार अनुगमन गरेका छन ।

वि.सं २०६९ सालमा दर्ता भएको शम्भुसुनन्दा सामुदायिक वन पछिल्लो समयमा नाजुक अवस्थामा आएपछि वडा नं ६ का अध्यक्ष नेत्र मगर, वडा सदस्य प्रवल रोकाया, जमान सिंह देउवा र वन उपभोक्ता समुहका अध्यक्ष नर बहादुर वि.क , उपाध्यक्ष लोक बहादुर देउवा , सदस्य सारदा देउवा , सेक्टर वन कार्यालय लम्कीका प्रतिनिधि तथा पत्रकारसहितको टोलिले वन क्षेत्रको गस्ति तथा अनुगमन गरेको थियो ।

अनुगमनपछि टोलीमा सहभागिहरुले उपभोक्ताहरु वन जोगाउन प्रति उत्सुक नहुँदा वन क्षेत्र अत्याधिक रुपमा मासिएको बताएका थिए।

‘वन उपभोक्ता समितीको वन प्रतिको जिम्मेवारी तथा दायित्व वोधलाई गम्भीरताका साथ नलिनाले र वनका उपभोक्ताले वनको जगेर्ना तर्फ ध्यान नदिएर दोहोनमा ध्यान दिनाले पनि आज यो समस्या आएको हो’ टोलिका एक सदस्यले बताए ।

करिव १ सय ९१ दशमलव ५३ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रमा सालको रुख छैनन् भने साना बोटाहरु र साझका रुखमात्र छन् , त्यसैमा छाडारुपमा उपभोक्ताले आफ्ना चौपाया वन क्षेत्रमा छोडिदिदा वन क्षेत्र नै मैदानमा परिणत हुने सम्भावना रहेको छ ।

संयुक्तरुपमा गस्ती तथा अनुगमन पश्चात् आफ्नो प्रतिक्रिया दिदै वडा नं ६ का अध्यक्ष नेत्र मगरले वन उपभोक्ता समुहले आम उपभोक्तालाई भेला गरेर छाडा रुपमा चौपाया छोड्ने उपभोक्ताका लागि कडा नियम बनाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

मगरले उपभोक्ता र उपभोक्ता समितिले आफ्नो कर्तव्य र दायित्व बोध गरेर वन संरक्षणमा ध्यान दिनु पर्ने बताउदै कान्जी हाउस निर्माणका लागि वडा बाट आवश्यक बजेट विनियोजन गर्ने बताए ।

त्यस्तै वन उपभोक्ता समुहका अध्यक्ष नर बहादुर वि.कले कार्यालय संचालन तथा वन क्षेत्र संरक्षण गर्नका लागि भए पनि स्रोतको कमिले गर्दा आवश्यक काम कारबाही अगाडि बढाउन नसकिएको बताए ।

‘यो भन्दा अगाडीको समितीका कारणले गर्दा पनि आज हामिले प्रयाप्त मात्रामा काम गर्न सकेका छैनौ तर अब जनप्रतिनिधि आएका छन उहाँहरु संग समन्वय गरेर अगाडि बढने छौ’  वि.कले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *