कम्युनिष्टलाई एकताबद्ध बनाउने अभियानविरुद्ध षड्यन्त्र भइरहेको छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ, साउन ७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पाटीलाई एकताबद्ध बनाउने अभियानका विरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पाटीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवसको अवसरमा सोमबार अध्यक्ष प्रचण्डले पार्टीलाई एकताबद्ध बनाउने अभियानका विरुद्ध षड्यन्त्र भएको दावी गर्दै जनतासँगको सम्बन्ध बलियो बनाउनुपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले शक्तिशाली कम्युनिष्ट पार्टीमा सहभागी हुन पुराना कम्युनिष्ट पार्टीका नेताहरुलाई आहृवान गरे ।

विश्वमै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवसर गुम्न नदिन बाँकी रहेका सबै पुराना कम्युनिष्ट नेताहरुलाई पार्टी एकतामा आउन उनले आग्रह  समेत गरे ।

प्रतिक्रान्तिकारीहरु सल्बलाइरहेकाले पनि पार्टीभित्रको एकतालाई अझै सुदृढ बनानुपर्ने धारणा राखे ।

उनले पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टीले ठूलो सफलता हात पारेको उल्लेख गर्दै त्यसलाई जोगाउन नसके त्यसले क्यान्सरको रुप लिन सक्ने तर्फ पनि सचेत गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *