धरानका मेयर सुब्बाको उपचारमा लागेको खर्च प्रदेश सरकारले व्यहोर्ने

विराटनगर, साउन ६ । प्रदेश नं १ सरकारले धरान उपमहानगरपालिकाका नगर प्रमुख स्व. तारा सुब्बाको उपचारमा लागेको खर्च व्यहोर्ने भएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले नगर प्रमुख सुब्बाको उपचार खर्चमा लागेको रकममध्ये रु तीन लाख प्रदेश सरकारले व्यहोर्ने निर्णय भएकोे जानकारी दिए।

त्यसैगरी विभिन्न मन्त्रालयबाट तयार पारिएको विधेयकको मस्यौदा प्रदेशसभामा टेबल गर्नका लागि सैद्धान्तिक स्वीकृतिसमेत प्रदान गरेको प्रदेश सरकारका प्रवक्तासमेत रहेका कार्कीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *