डाक्टर केसीको माग पुरा नभए देशमा आगो बल्छः सुशीला कार्की

 काठमाडौं, साउन ५ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले डा. गोविन्द केसीको माग पुरा नगरे देशमा आगो बल्ने बताएकी छिन् ।

डाक्टर केसीको समर्थनमा शनिबार भएको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै कार्कीले आफूहरु सरकार विरोधी नभएको बताइन् ।

आन्दोलनमा सम्बोधन गर्दै कार्कीले भनिन्, ‘केसीले जनताको कुरा उठाएका हुन्। उनकै चिन्ताले सडकमा आउन बाध्य बनायो।’

डा. केसीले जनताको भावना बोलेको भन्दै कार्कीले उनका माग पुरा गर्न आग्रह गरिन् । उनले भनिन्, ‘पुरा भएन भने देशमा आगो बल्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *