डा. केसीको असल मनसायलाई राजनीतिक दलले स्वार्थ सिद्धिको माध्यम बनाए– परराष्ट्रमन्त्री

काठमाडौँ, साउन ४ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले डा. गोविन्द केसीको मागको असल मनसायप्रति केही दल र तत्वले गलत ढङ्गले राजनीति गरेको आरोप लगाएका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले डा. केसीलाई केही दलले स्वार्थ सिद्धिको माध्यम बनाउन बनाइ राजनीति गरेको आरोप लगाएका हुन् ।

“”डा. केसीले मैले असल मनसायका साथ गरेको थिएँ तर, कतिपय दलले स्वार्थ सिद्धिको माध्यम बनाउन थालेकाले अलग भएँ, “” उनले भने, “”उहाँको असल मनसायमाथि केही दल र तत्वले गलत ढंगले राजनीति गरेका छन् । यसलाई डा.केसीले बुझ्नुपर्छ “”।’

उनले डा. गोविन्द केसीलाई अनसन स्थिगित गर्न समेत आग्रह गरे । केसीले असल उद्देश्यले अनसन थालेको भए पनि केही दलले राजनीति गरेको भन्दै उनले अनसन स्थिगित गर्न आग्रह गरेका हुन् ।

सरकारले वार्ता टोली गठन गरिसकेको भन्दै उनले वार्ताबाटै समस्या समाधान गर्नु पर्नेमा जोड दिए । आयोगमार्फत् चिकित्सा क्षेत्रमा देखिएको समस्या समाधान गरेर जाने गरी आएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै उनले यसमा सहयोग गर्न प्रमुख प्रतिपक्ष कांग्रेसलाई पनि आग्रह गरे ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *