भगवान शिव स्वयंमले बनाएको गुफा, जहाँ कलियुगका मानिस छिरेपछि फर्केर आउँदैनन्

शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्ये एक हुन्। भगवानको तीन रूपहरू मध्येको एक शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ ।

हिन्दू धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन्। शिवलाई प्रायःजसो शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ ।

शिव हिन्दू धर्मको प्रमुख देवताहरू मध्यको एक ईश्वर को रुप हो । वेदमा यिनको नाम रुद्र भनिएको छ । यीनी व्यक्तिको चेतनाको अन्तर्यामी छन्। यिनको अर्धाङ्गिनी (शक्ति) को नाम पार्वती हो । यिनका दुईवटा पुत्रहरू छन्, जसमा एक स्कन्द र अर्का गणेश हुन्। हिन्दू मान्यता अनुसार ब्रह्माजी यो संसारका सृष्ठीकर्ता हुन् भने भगवान विष्णु यो संसारको पालन कर्ता र शिव यो संसारका संहार कर्ता हुन्।

भगवान शिवले बनाएको एउटा अनौठो गुफा र त्यसबारे बारे कैयौ मान्यता प्रचलित छन् । भनिन्छ कि, जसले यो गुफाको सुरुङभित्र जाने कोसिस गर्यो त्यो व्यक्ति फर्केर आउन सकेको छैन ।

भारतको जम्मु कास्मिरबाट लगभग १४० किलोमिटरको दुरीमा अवस्थित उधमपुर क्षेत्रमा यो गुफा छ । शिवखोडि नामले परिचित यो गुफा भगवान शिवले नै बनाएको विश्वास गरिन्छ ।

यस गुफामा भगवान शिवको वास रहेको मान्यता रहिआएको छ । शिवखोडी पट्टीबाट छिर्दा यो सुरुङ अमरनाथ बर्फानी गएर टुङ्गिन्छ ।

प्रचलित मान्यता अनुसार द्वापरयुगमा साधुसन्त सुरुङ हुदै अमरनाथको यात्रा गर्दथे । तर कलीयुगमा जसले यो गुफा हुदै अगाडि जाने प्रयास गर्छ त्यो व्यक्ति फिर्ता हुन पाउदैन भनिन्छ ।

हाल यो गुफा बन्द गरिएको छ । यस गुफाभित्र रहेको शिवलींग प्राकृतिक भएको जनविश्वास छ ।

तीन मिटर उचाइ रहेको यस गुफाको लम्वाइ २०० मिटर लामो छ । यस गुफाभित्र नन्दीको मुर्ती, पार्वतीको मुर्ती, नाग लगायतका कैयौ प्राकृतिक वस्तुहरु रहेका छन् ।

मान्यता अनुसार गुफा स्वयम भगवान शिवले बनाएका हुन् । प्रचलित कथाअनुसार भस्मासुरले मन्त्र जपेर शिवलाई खुसी पारेका थिए । त्यसपछि भस्मासुरले शिवबाट यस्तो बर पाएका थिए कि, जसको शिरमाथी हात राख्यो त्यो खरानी हुन्थ्यो । यस्तो शक्ति प्राप्त भएपछि भस्मासुरले भगवान शिवलाई नै नाश गर्न चाहे ।

यसपछि शिव र भस्मासुर विच भिषण युद्ध सुरु भयो । युद्धपछि भस्मासुरले हार खाएनन् र भगवान शिव त्यहाबाट निक्लेर अग्लो पहाड चढे । र एउटा गुफा बनाएर त्यहाँ लुकेर बसे । जुन हाल पनि शिवखोडि नामले प्रचलित छ ।

मान्यताअनुसार भगवान शिवलाइ बचाउन भगवान विष्णुले एक सुन्दर स्त्रीको रुप लिएका थिए । र भस्मासुरलाई आकर्षित गरेका थिए । सुन्दर युवती देखेपछि भस्मासुर उतै आकर्षित भए र शिवले दिएको शक्ति त्यहि भुले । र आफ्नै शिरमाथी हात राखेर भस्म भए ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *