‘हेजिङ फन्ड’ दिगो हुनुपर्नेमा मन्त्री पुनको जोड

काठमाडौँ, साउन ३ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले वैदेशिक मुद्राको जोखिम व्यवस्थापन गर्न बनाउन लागेको ‘हेजिङ फन्ड’ दिगो हुनुपर्नेमा जोड दिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बिहीबार भएको छलफलमा मन्त्री पुनले एक पटक फन्ड स्थापना भएपछि लामो समय काम गर्न सक्ने हुनुपर्ने बताए ।

जलविद्युत लगानी तथा विकास कम्पनीले हेजिङ फन्ड स्थापना गर्नेबारे तयारी गरिरहेको छ । तयारीकै क्रममा राय सुझाव लिन मन्त्रालयमा यससम्बन्धी प्रस्तुती गरिएको थियो ।

कम्पनीले फन्ड स्थापनाबारे यसअघि अर्थ मन्त्रालयसँग पनि राय मागेको थियो । यसक्रममा मन्त्रालयले जलविद्युत मात्र नभई दीर्घकालसम्म पूर्वाधार आयोजनामा विदेशी लगानी हुँदासमेत व्यवस्थापन हुने गरी काम गर्नुपर्ने सुझाएको छ ।

अहिलेसम्म वैदेशिक लगानीबाट हुने जोखिम वा विदेशी मुद्रा (अमेरिकी डलर) मा उतारचढाव आउँदा व्यवस्थापन गर्ने संयन्त्र छैन । यही कारण अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पिपिए) हुँदा सधैं विवाद हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *