जिल्ला ट्राफिक कार्यालयद्वारा ४९ लाख राजश्व संकलन

कञ्चनपुर, साउन ३ । जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरले आर्थिक वर्ष २०७४/७५ मा रु ४९ लाख १८ हजार राजश्व संकलन गरेको छ ।

दण्ड जरिवाना, मादक पदार्थ सेवन, नियम मिच्ने सवारी चालक, लाइसेन्स र ब्लुबुक नबोक्ने सवारी धनीबाट राजश्व संकलन गरिएको हो । मादक पदार्थ सेवन गरी सवारी साधन हाँक्ने एक सय २० जनाबाट रु एक लाख ८५ हजार जरिवाना असुल गरिएको छ ।

वर्षभरिमा २५ वटा चोरीका गाडी भेटिएको र उक्त गाडी भन्सारको जिम्मा लगाइएको ट्राफिक कार्यालयका प्रहरी निरीक्षक भरतबहादुर शाहले जानकारी दिए ।

कार्यालयले गत आवमा असारमा रु पाँच लाख ४९ हजार, साउनमा रु तीन लाख ४५ हजार, भदौमा रु तीन लाख ४३ हजार, असोजमा रु चार लाख ४३ हजार र कात्तिकमा रु पाँच लाख तीन हजार राजश्व संकलन गरेको थियो ।

यस्तै, मंसिरमा रु तीन लाख एक हजार, पुसमा रु दुई लाख ७४ हजार, माघमा रु तीन लाख ६७ हजार, फागुनमा रु तीन लाख ४३ हजार, चैतमा रु पाँच लाख ४१ हजार, वैशाखमा रु पाँच लाख एक हजार, जेठमा रु पाँच लाख सात हजार र असारमा रु पाँच लाख ४९ हजार राजश्व संकलन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =