बिहानैदेखि अवरूद्ध नारायणगढ मुग्लिन सडक चार घण्टापछि खुल्याे

चितवन, साउन ३ । समस्याग्रस्त क्षेत्र टाेपे खोलामा पहिरो खस्दा आज बिहानैदेखि अवरूद्ध नारायणगढ मुग्लिन सडक लगभग चार घण्टापछि खुलेको छ ।

६ बजेदेखि बन्द भएको सडकको पहिरो हटाएपछि पौने १० बजेदेखि खुलेको नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।

आजको पहिरो पनि ठुलो थियो, पहिरो पन्छ्याएर सडक खुलाउन समय लाग्ने सम्भावना रहेकाे तर चाँडै नै दुई तर्फी बाटो खुलाउन सफल भएकाे उनले बताए ।  तरपनि पहिरो पुरै सफा गर्न भने केही समय अझै लाग्ने उनकाे भनाइ छ ।

राजधानी काठमाडौंलाई पुर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग  मानिने सो खण्डमा दिनहुँ १० हजार बस, ट्रक र साना गाडीहरू ओहर दोहर गर्छन् । तर पटक–पटक पहिरो खस्ने समस्याले यात्रुहरु मर्कामा पर्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *