समाज सेवामा सक्रिय भिगोनकी मिना र अनिसा

धरान, साउन २ । सुनसरी जिल्लाको तत्कालिन प्रकाशपुर गाविस र हालको बराहक्षेत्र नगरपालिकाकी मिना राई पेशाले थेरापिष्ट हुन् । मानव जीवनमा हार्डजोर्नी नसा लगायतका रोगहरुको अचुकको रुपमा थेरापीलाई लिईन्छ तर त्यही थेरापी गर्दा बिरामी मानिसहरुको लाखौँ खर्च हुने गर्दछन् । जसले गर्दा एकातिर उनीहरुको समय अर्कोतिर पैसा दुवै नै खर्च भइरहेको हुन्छ ।

तर सुनसरीको ईटहरीमा एउटा यस्ता भिगोन नेपाल नामक संस्था छ जस्ले सित्तैमा थेरापी गर्नुका साथै विभिन्न तालिमको पनि आयोजना गर्दै आएको छ । सो संस्था अरु कसैले नचलाएर उनै मिना राई र उनका सहपाठी अनिसा राई लगायका कार्यलयमा कार्यरत ६ जना कर्मचारीले चलाउँदै आएका छन ।

उनीहरुसँगको भेटमा उनले भनिन्, ‘समाजमा बुढापाका आमा बुबाको सेवा गर्नुपर्छ सेवा गरेरै नै सन्तुष्टि सँगै पैसा पनि कमाईन्छ ।’

ईटहरी उपमहानगरपािलका कार्यालय गेट अगाडी नै सो संस्था फ्ल्याट  नै भाडामा लिई सेवाको काम गर्दै आएका छन । त्यहाँ हरेक दिन २५० भन्दा बढी बुवा आमाहरुको जमघट हुनुका साथै विभिन्न रोगसँग लडिरहेकारुले थेरापि पद्धति सिकेर जाने गरेका छन् । र सोही थेरापीका कारण विभिन्न प्रकृतिका रोगहरु समेत निदान भएर गएको थेरापि सेन्टरमै भेटिएका ईटहरी ४ शिशिर टोलकका ७२ बर्षिया मुक्ति पोखरेल बताउँछन् ।

उनी भन्छन्, ‘मान्छे राम्रो काम गर्नेलाई राम्रो कसैले भन्दैन म आफैँ बर्षदेखी प्रोस्टेड, ग्यास्ट्रीक, प्रेसर सुगर जस्ता रोगबाट ग्रसित थिए लगभग ६ महिना यहा आएर निः शुल्क थेरापी गरे ठीक हुँदै जाँदैछु । भिगोन भ्रामक होईन सेवा मुलक संस्था हो यस विषयमा कसैले भ्रम पाल्नु हुदैन यो संस्थाले सेवा भावले काम गरेको छ, हामी जस्ता रोगी बुढापाकालाई अति उत्तम छ ।’

उनी भन्छन्, ‘यस संस्थाको सबैले गर्ने व्यवहार सिष्ट छ र त यस्तो बुढापाका हरेक दिन यहाँ आएर थेरापी गर्छन् ।’

त्यस्तै सोही थेरापी सेन्टरमा ईटहरी ५ खाद्यय गोदामका ७५ वर्षीया वृद्ध चिन्तामणी रिजालको भनाई पनि पोखरेलको भन्दा कम छैन । उनी भन्छन्, ‘यहाँको सेवा सँगै व्यवहारबाट म प्रभावित भएको छु । मेरो घुडा दुख्ने, ढाड दुख्ने पिसाब पोल्ने जस्ता कयौँ समस्या थिए । विभिन्न औषधी पनि खाएँ तर, कहीँ कतैबाट निको भएको पाईन । जब यहाँ आएर थेरापि गर्न थालेँ, तब धेरै नै सुधार आएको छ ।’

मैँले यहाँबाट घरमा नै बसी–बसी उपचार गर्न सक्ने पद्धतिको मेसीन समेत किनेर लगेकोे छु । जुन एकचोटी महँगो परेतापनि जीवनभर राम्रो हुने रहेछ, उनले थपे ।

सो थेरापी मेसीनको मुल्य २ लाख ७८ हजार ८ सय परेपनि सबै उमेर समुहका लागी विभिन्न रोगबाट पिडित बनेकाहरुको लागी उपयोगी छ ।

त्यस्तै ईटहरी ५ तुलसा टोल तथा धनकुटा बहुमुखी क्याम्पस धनकुटा शाखा अधिकृतको रुपमा समेत जागिर खाईसकेकी ६३ बर्षिया गीता श्रेष्ठले थाईराईड, हाईड्रो, प्रेसर, ढाड दुख्ने जस्ता समस्याबट पिडित बनेकाहरु पनि यसै स्थानमा आएर थेरापि गर्ने गरेको अनुभव सुनाइन ।

उनले भनिन्, ‘घरमा नै सजिलै सँग गर्न सकिने भएकोले बुढापाकाहरुका लागी अति नै उपयोगी रहेको छ । एक चोटी सबैले गर्नैपर्ने रहेछ । साना कोठमा पनि गर्न सक्ने भएकोले सजिलो पनि हुदो रहेछ त्यो अझ राम्रो यही अफिसमा आएर निः शुल्क जहिलेसम्म थेरापि गर्न मन लाग्यो त्यतिन्जेल सम्म गर्दा नि हुन्छ ।’ श्रीमानसँगै भिगोन नेपाल नाम संस्थामा पुगेकी श्रेष्ठले आफू पनि यस्तै समस्याबाट ग्रसित भएको र अहिले क्रमिक सुधारको क्रममा रहेको सुनाइन ।

ईटहरी उपमहानगरपालिकाभरीका जेष्ट नागरीक, आमाबुवाका साथै भर्खरै मात्र जिवनमा आधा उमेर पुगेका व्यक्तिहरुले समेत आधा घण्टा हिँडेर नगरपालिकाको गेट अगाडीको भवनमा नै खोलिएको भिगोन नेपाल नामक थेपारि सेन्टर पुग्छन् ।

त्यहाँ पुगेको १ देखी २ घण्टा सो संस्थाकै कर्मचारीहरुको रोहबरमा ती आमा बुवाहरु आयम व्यामका साथै थेरापी समेतको अनुभव लिन्छन् र यी सबै पक्रियामा भिगोन नेपाल ईटहरी शाखाका कर्मचारीहरुले साथ दिनेगरेको प्रमुख मिना राईको भनाई छ ।

गाउँघरका विभिन्न महिला दिदिबहिनीहरुको माध्ययमबाट सो संस्थाको बारेमा थाहा पाएको समेत सोही थेरापीमा आएकी मोरङ गछियाकी ३६ बर्षिया लिला घिमिेरको भनाई छ ।

घिमिरले भनिन्, ‘आफुलाई छिमेकी देवी पौडेलले सुनाएर आएको यँहा आउँदा केही दिनको थेरापीपछि थाहा भयो सबै बिरामीको थेरापि मार्फत निदान हुँदोरहेछ । मलाई पनि महिनावारी गडबडी, ग्यास्ट्रीक, ढाड दुख्ने जस्ता समस्याले सताएको थियो । ’

गाउँमा कसैलाई समस्या नपरोस र एकले अर्कालाई निरन्तर सहयोग गर्न पाइयोस भनेर भिगोन नेपालको बारेमा जानकारी गराउन जरुरी रहेको घिमिरेले बताइन् । भिगोन नेपालले हामीलाई गुन लगाएको छ, हामी पैसा नहुनेले पनि उपचार पद्धति सिक्ने रहेछौँ, जहाँ पैसा पनि खर्च गर्न पर्दोरहेनछ । खाली हामीले समय मात्र दिनुपर्छ, उनले थपिन् ।

उता मोरङ गछियाकी ४६ बर्षिया देवी पौडललेलाई पनि पाइल्स, ढाड दुख्ने, हात खुटटा, नसा सम्बन्धी समस्याका कारण कोसी अञ्चल अस्पताल विराटनगरको डाक्टरकोमा समेत नधाएका होईनन तर उनको समस्या ज्युँका त्युँ नै रहेको थियो, पछि छरछिमेकको कुरा सुनेर उनी पनि भिगोन नेपालमा पुगिन् र केही समय निः शुल्क थेरापीका प्रकारहरु गरेपछि उनको समस्या पनि हटेर गएको गनले सुनाइन् ।

उनी भन्छिन्, ‘औषधी खाउन्जेल सुधार त भयो पछि फेरी बल्झिएपछि मैले थेरापी पनि गरौँ भन्ने सोचाईले थेरापि गरेँ, अहिले धेरै सुधार भएको छ ।’ पौडेलको थेरापीको क्रममा खर्च भनेको घरबाट आउँदा तिर्ने गाडीभाडा मात्रै हो ।

यसबाट सबैलाई सजिलो भएको छ । गाउँमा स्वास्थ्यसम्बन्धी केही समस्या देखा पर्न नदिन पनि यस भिगोन नामक संस्थाले सहयोग पुर्याउने त्यहाँ कार्यरत कर्मचारी एल्बीना बराईली बताउँछिन् । दिनमा १ घण्टा कुन–कुन रोगका बिरामी आमाबुवालाई कुन–कुन पद्धति सिकाउने हो सो कुरा उनी सिकाउँछिन् । सेवा गर्नुका साथै अटोमेटिक मेसीन, ल्याव हेर्ने, थेरापी कसरी गर्ने भन्ने कुरा समेत उनले सिकाउँछिन् ।

सामाजिक सेवामा भिगोन नेपालकी मिना राई थेरापी स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रम गर्न सजिलो भएको बताउँछिन् । गाउँमा सामाजिक सेवामा लागेपछि धेरै कुरा सिक्ने अवसर समेत मिलेको उनको भनाई छ ।

४ बर्ष अघि स्थापना भएको भिगोन नेपाल नामक संस्थामा अर्घाखाँचीका प्रकाश श्रेष्ठ कार्यकारी प्रमुख रहेका छन् भने ईटहरी शाखा प्रमुख मिना राई रहेकी छिन् । त्यस्तै सो संस्थाबाट हजारौँ बिरामीहरुले निः शुल्क स्वास्थ्य सेवा समेत लिइसकेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *