सपनामा मन्दिर गएको देखेमा के हुन्छ ? जान्नुहोस् कुन सपनाले कस्तो संकेत गर्छ ?

“भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ । निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ । ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् । सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ ।

यहाँ यस्तै सपनाहरु र यसका फलका बारेमा जानकारी दिइएको छ ।

१. अनार खाएको देखेमाः धन र सन्तानको प्राप्ति ।

२. अलि अलि बादल देखेः रोगबाट लाभ ।
३. ऊँट देखेमा  : अपार धन प्राप्ति हुनु ।
४. आकाश देखेमा : ऐश्वर्य वृध्दि, सन्तान हुनु ।
५. आगो उठाएको देखेमा : अवैध धन प्राप्ति ।
६. आगो बालेर समातेमा : कष्ट हुनु, व्यर्थ व्यय हुनु ।
७. ओढ्ने कम्बल देखेमा : बदनाम हुनु ।
८. औंठी लगाएको देखेमा : धनलाभ र प्रशन्नता ।
९. कलम देखेमा : महान व्यक्तिसँग भेट हुनु ।
१०. कपाल देखेमा : धनलाभ हुनु ।
११. कपास देखेमा : रोगबाट मुक्त हुनु ।
१२. कपाल काटेको देखेमा : ऋणबाट मुक्त, स्त्री(पुत्र हुनु ।
१३. किला ठोकेको देखेमा : बुढो मान्छेबाट लाभ ।
१४. कोईला देखेमा : व्यर्थमा झगडा हुनु ।
१५. कुवामा नुहाएको देखेमा : सन्यासी बन्नु ।
१६. कुवाको पानी देखेमा : विविध लाभ र बिजय ।
१७. कैची देखेमा : झगडा र विवाद बढ्नु ।
१८. घर बनाएको देखेमा : प्रसिद्धि प्राप्त गर्नु ।
१९. घाम लागेको देखेमा : पदोन्नति वा लाभ हुनु
२०. घाँसको मैदान देखेमा : धेरै धन एकत्र गर्नु ।
२१. घोडा देखेमा : संकट नाश हुनु ।
२२. घोडा चढेको देखेमा : ठूलो पद पाउनु ।
२३. चश्मा लगाएको देखेमा : विध्दता बढ्नु ।
२४. जंगल देखेमा : दुस्ख नाश र बिजय ।
२५. जहाज देखेमा : परिशानी हट्नु र व्यय ।
२६. चाँदि देखेमा वा पाएमा : धन र अहंकार बृध्दि ।
२७. झरना देखेमा : दुस्ख दुर हुनु ।
२८. टोपी देखेमा : दुस्ख नाश भएर, उन्नति हुनु ।
२९. ठूलो पर्खाल देखेमा : सम्मान बढ्नु ।
३०. डोरी देखेमा : यात्रामा कठिनायी र झन्झट हुनु ।
३१. ढोका देखेमा : ठूलाबडासँग मित्रता हुनु ।
३२. ढोका बन्द देखेमा : परेशानी र चिन्ता हुनु ।
३३. दलदल देखेमा : सन्तान प्राप्ति हुनु ।
३४. दाँत भाँचिएको देखेमा : दु : ख र झन्झट हुनु ।
३५. दाँत माझेको देखेमा : पापको प्रायश्चित हुनु ।
३६. धनुष तानेको देखेमा : लाभप्रद यात्रा हुनु ।
३७. पर्वत चढेको देखेमा : पदोन्नति वा प्रसिध्द हुनु ।
३८. पत्र पढेको देखेमा : शुभ समाचार, परिश्रम ।
३९. प्रकाश देखेमा : उच्चकोटीको साधु बन्ने ।
४०. पानी पिएको देखेमा : राज्यबाट लाभ ।
४१. फलाम देखेमा : कुनै धनवानद्वारा लाभ ।
४२. बजार देखेमा : दरिद्रताको नाश हुनु ।
४३. बलेको दियो देखेमा : आयु बृध्दि हुनु ।
४४. बहर वा गाई देखेमा : मोटो लाभ, दुब्लो दुस्ख ।
४५. बादल देखेमा : विरक्ती र परिशानी बढ्नु ।
४६. बिरालो देखेमा : चोरी हुनु, शत्रु बढ्नु ।
४७. भर्याङ देखेमा : सुखसम्पत्ति बढ्नु ।
४८. भूकम्प देखेमा : सन्तानलाई कष्ट र दु : ख।
४९. मरेको मान्छेसँग कुरा गरेमा : मनोकांक्षा पूरा हुनु ।
५०. मरेको मान्छेले बोलाएमा : विपत्ति आउनु ।
५१. मुर्दा देखेमा : रोगबाट मुक्ति पाउनु ।
५२. रत्न या मणि देखेमा : दुस्ख बढ्नु, अपव्यय हुनु ।
५३. रातो फूल देखेमा : पुत्रबाट सुख र भाग्योदय ।
५४. रोटी खाएको देखेमा : पदोन्नति र घन बढ्नु ।
५५. लठ्ठी देखेमा : ठूलो नाम हुनु ।
५६. वर्षा देखेमा : सुख र प्रशन्नता प्राप्त हुनु ।
५७. सुकेको बगैचा देखेमा : विपत्तिमा फस्नु ।
५८. सुख्खा अन्न खाएमा : कष्ट र व्यर्थ परिशानी हुनु ।
५९. सुगन्ध लगाएको देखेमा : विद्वान र पण्डित हुनु ।
६०. सुपारी खाएको देखेमा : रोगबाट मुक्ति पाउनु ।
६१. सुराही देखेमा :आवारासँग संगत हुनु ।
६२. सेतो पूल देखेमा : दुस्खबाट छुट्कारा पाउनु ।
६३. सिंहासन देखेमा : धेरै सुख पाउनु ।
६४. हरियो बगैचा देखेमा : पदोन्नति र लाभ हुनु ।
६५. ओच्छयान लगाएको देखेमा : दीर्घायु र सुख वृध्दि ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *