‘इक्यानको शैक्षिक मेलाले विद्यार्थीको करियर डेभलपमेण्टमा सहयोग पुर्याएको छ’

“
नेपाल शैक्षिक परामर्श ब्यवसायी संघका महासचिव शेषराज भट्टराईको विचारमा ABROAD STUDY भनेको विद्यार्थीको सिप निखार्ने प्लेट फर्म हो । नेपालको शैक्षिक प्रणाली परम्परागत र विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्ने नभएको परिप्रेक्ष्यमा प्लस टु गरिसकेपछि डिप्लोमा तथा मास्टर्स गर्न विद्यार्थी ABROAD STUDY मा जान आवश्यक छ ।
इक्यानले ABROAD STUDY मा जाने विद्यार्थीलाई लक्षित गर्दै विगत लामो समयदेखि नेपालकै ठूलो तथा बृहद् शैक्षिक मेला आयोजना गर्दै आइरहेको छ । यहि साउन ३ गतेदेखि राजधानीको मुटु भृकूटीमण्डपमा १२ औं इक्यान शैक्षिक मेला हुँदैछ ।
यसै सन्दर्भमा रहेर अर्बिट इन्टरनेशनल एजुकेशनका डइरेक्टर समेत रहेका युवा शैक्षिक परामर्श ब्यवसायी भट्टराईसँग गरिएको कुराकानीको संक्षेपः
इक्यानले हरेक वर्ष आयोजना गर्ने शैक्षिक मेलाको तात्पर्य के हो ?
जो विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाने सोच बनाईरहेका छन्, तिनीहरुलाई एकै छानामुनि सयौं शैक्षिक परामर्श ब्यवसायीलाई भेला गरेर विज्ञ काउन्सलरहरुद्धारा काउन्सेलिङ्ग सेवा प्रदान गर्नका लागि हरेक वर्ष शैक्षिक मेला आयोजना गर्दै आएका छौं ।
विद्यार्थी र अभिभावकलाई सुरुवातदेखि नै अन्तर्राष्ट्रिय शिक्षा के हो भन्ने बारे बुझाउन यस्ता शैक्षिक मेला अत्ति नै आवश्यक छन् । इक्यानले आयोजना गर्ने शैक्षिक मेला देशकै बृहद र ठूलो शैक्षिक मेला पनि हो । यस पटकको शैक्षिक मेला विगतको भन्दा फरक र बृहद हुनेमा हामी विस्वस्त छौं ।
विगतमा यहाँहरुले गरेका शैक्षिक मेलाबाट विद्यार्थी तथा अभिभावकले कत्तिको फाइदा लिए ?
हामीले राजधानीमा ११ औं संस्करण सम्पन्न गरिसक्दा हाम्रो शैक्षिक मेलाबाट विद्यार्थी अभिभावक पुरै लाभान्वित भएको पाएका छौं । इक्यानले आयोजना गर्ने शैक्षिक मेलाबाट एकै छानामुनी विद्यार्थीले विदेशी विश्वविद्यालय, कलेज र शैक्षिक प्रणालीका बारेमा दक्ष तथा मान्यता प्राप्त कन्सल्टेन्सी, काउन्सलरबाट प्रत्यक्ष जानकारी पाउने गर्दछन् ।
यसले विद्यार्थीलाई कुन कन्सल्टेन्सीले सहि काउन्सेलिङ्ग गरेको छ भन्ने अन द स्पट जजमेण्ट गर्ने वातावरण बनेको छ भने, अरु बेला कन्सल्टेन्सीका ढोकाढोका धाउनुपर्ने बाध्यता पनि हटेको छ । त्यसकारण यो शैक्षिक मेलाले नेपाली विद्यार्थीको करियर डेभलपमेण्टमा पनि सहयोग पुर्याएको छ भन्ने विस्वास लिएका छौं ।
फेयरमा सहभागी विद्यार्थीहरुले के के पाउने ज्ञानहरु सक्छन् ?
मुख्य रुपमा यो शैक्षिक मेलाबाट विद्यार्थीले ABROAD STUDY का विविध विषयमा जानकारी हासिल गर्ने त भए नै । त्योसँगै आर्थिक, शैक्षिक योग्यता, क्षमता र रुचि अनुसार कस्ता विषय कहाँ कसरी अध्ययन गर्ने, भाषिक दक्षता कसरी हासिल गर्ने, विषयमा पनि जान्न पाउनेछन् ।
प्रायः कक्षा १२ पास गरेका विद्यार्थीहरु आफ्नो करियर प्रति त्यत्ति धेरै गम्भिर भएको पाउँदैनौं, यो शैक्षिक मेलामा आएर विद्यार्थीले वर्षौदेखि करियर काउन्सेलिङ्ग गर्दै आएका दक्ष र नेपाल सरकारबाट मान्यता प्राप्त काउन्सलरबाट निःशुल्क करियर काउन्सेलिङ् समेत पाउन सक्छन् ।
इक्यानको शैक्षिक मेलाबाट विद्यार्थीले सही सूचना पाउछन् भन्ने नेपाली समाजमा जनविश्वास पनि छ । सही सुचना पाउन र त्यसबाट आफूले भावी जीवनमा उपयोग गर्न नै विद्यार्थीहरु इक्यानमा सहभागी बन्छन् ।
विशेषगरी फेयरमा कस्ता प्रकारका विद्यार्थीले सहभागीता जनाउन सक्छन् ?
विशेषगरी प्लस टु गरेर डिप्लोमा, मास्टर, डिग्री र पिएचडी सम्म गर्न अध्ययन गर्न विदेश जाने सोच बनाएका विद्यार्थीले शैक्षिक मेलामा सहभागिता जनाउन सक्नेछन् । त्यो सँगै अभिभावक र विश्वब्यापी शिक्षासँग प्रत्यक्ष सरोकार राख्नेले यो मेलामा सहभागिता जनाउन सक्नुहुनेछ ।
विगतको शैक्षिक मेला र यस वर्षको मेलामा कत्तिको फरक छ ?
विगतमा गरिएका शैक्षिक मेला र यस पटक आयोजना भईरहेको मेलामा केहि फरक अवश्य नै छ । मुख्य रुपमा मेलामा आउने विद्यार्थीलाई कसरी हुन्छ सहि र सत्यतथ्य सुचना आदानप्रदान गर्ने मेलाको मुख्य उद्देश्य भएकोले त्यसका लागि ध्यान दिएका छौं । विगतका वर्षहरुमा एकतर्फि प्रवेश द्धार बनाइएकोमा यसपटक दुई तिर २–२ दिन प्रवेश द्धारको ब्यवस्था गरिएको छ ।
फेयरमा सहभागी सबै कन्सल्टेन्सीले सही सूचना दिन्छन् भनेर विद्यार्थीले कसरी विस्वास गर्ने ?
इक्यान आफैं नेपाल सरकारले लागू गरेको नियम कानुन फलो गर्ने बलियो संस्था हो, जसले आफ्ना सदस्यहरुलाई समेत कडा रुपमा ‘कोड अफ कण्डक्ट’ लागू गराउन सदैव प्रतिबद्ध छ । इक्यानका जुनसुकै शैक्षिक मेलामा इक्यान सदस्य वाहेक अन्य कन्सल्टेन्सीको सहभागिता रहन्न ।
मेलामा सहभागी भएका शैक्षिक संस्थाहरुले विद्यार्थीलाई इक्यानको नियम परिधि र नेपाल सरकारले लागू गरेको नियमभित्र सेवा दिनुपर्छ ।
फेरी इक्यानको सदस्यता पाउन पनि त्यति सजिलो छैन । शैक्षिक मेलामा सहभागी हुन पनि इक्यानलाई सहि काम गर्छु भनेर विश्वास दिलाउनु आवश्यक हुन्छ । विश्वसनीय कन्सल्टेन्सी इक्यान फेयरमा सहभागी हुने हुँदा उनीहरुले सही सुचना नै दिन्छन् भन्नेमा विश्वास छ । शैक्षिक मेलामा विद्यार्थीले प्राप्त गर्ने परामर्श र सुचनाहरु सही र यथार्थपरक हुन्छन् ।
यो शैक्षिक मेलामा कुन कुन देशका विश्वविद्यालय र कलेजहरुको सहभागिता रहेको छ ?
१२ औं शैक्षिक मेलामा विश्वका उत्कृष्ट शिक्षा प्रणाली भएका देशका उत्कृष्ट विश्वविद्यालय र कलेज तीनका आधिकारिक मान्यता प्राप्त कन्सल्टेन्सी तथा काउन्सलरहरुको सहभागिता रहनेछ । मेलामा अष्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा, न्युजलेण्ड, भारत, बंगलादेश, चीन, युरोप जस्ता देशहरुका विश्वविद्यालय र कलेजको सहभागिता रहनेछ ।
शैक्षिक मेलामा विद्यार्थीले परामर्शसँगै अन्य केके कुरा प्राप्त गर्न सक्छन् ?
धेरै विद्यार्थीमा प्लस टु पछि के पढ्ने द्धिविधा हुन्छ, मेलामा सहभागी हुन आएका विद्यार्थीले निःशुल्क ?पमा करियर काउन्सेलिङ्गको सुविधा छ । विदेशका कलेज तथा विश्वविद्यालयले दिने छात्रबृत्ति लगायतका विषयमा पनि जानकारी पाउन सक्छन् ।
अन्तमा, शैक्षिक मेलामा आउने विद्यार्थीहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
इक्यानले आयोजना गर्ने शैक्षिक मेला आफैंमा विस्वसनीय र भरपर्दो हुन्छन् । यो शैक्षिक मेला एकै ठाउँबाट संसारका सबै प्रकारका शिक्षा प्रणालीका बारेमा जानकारी हासिल गर्दै आफ्नो लागि उत्कृष्ट डेष्टिनेशन छनौट गर्ने उपर्युक्त माध्यम पनि हो । त्यस कारण सम्पूर्ण विद्यार्थीहरुमा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछु ।
“








