८ डिआईजीले पाए अवकाश, बढुवाको प्रतिष्पर्धामा कार्कीसहित ५ जना मात्रै

काठमाडौँ, असार २९ । नेपाल प्रहरीका ५ जना डीआइजीले अवकाश पाउने भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उत्तम कार्की, प्रहरी प्रधान कार्यालयको प्रशासन विभागका पवनप्रसाद खरेल, मानव स्रोत विभागका ज्ञानविक्रम शाह, कार्य विभागका छबिलाल जोशी र प्रदेश ७ मा कार्यरत शरद चन्दले शुक्रबार अवकाश पाउने भएका हुन् ।

नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) को ३ वटै पद रिक्त रहँदै बढुवाको प्रतिष्पर्र्धामा रहेका यी ५ जना डीआईजीले शुक्रबारबाट अनिवार्य अवकाश पाएका हुन् ।

उनीहरु २९ असार २०४५ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट सेवा आरम्भ गरेका अधिकृत हुन् । उनीहरुसहित अन्य ३ डीआईजी श्याम खड्का, प्रेम चन्द र रविन्द्र शर्माले पनि अवकाश पाउँदैछन् ।

उनीहरुको अवकाशसँगै अब एआईजी बढुवाको प्रतिष्पर्धामा ५ जना डिआईजी बाँकी रहेका छन् । जसमा पुष्कर कार्की, मनोज नेउपाने, धिरु बस्नेत, ठूले राई र सुरेश विक्रम शाह छन् ।

प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी शैलेश थापाका क्षेत्रीका अनुसार शुक्रबारबाट अवकाश पाउने अधिकृतहरु कार्यरत सम्बन्धित कार्यालयमा विदाइ समारोह राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *