मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

आज भानु जयन्ती, यस्ता छन् भानुभक्तका केही चर्चित कविताहरुः

काठमाडौँ, असार २९ । आज भानु जयन्ती अर्थात् आदिकवि भानुभक्त आचार्यको जन्मउत्सव । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि आचार्यको २०५ औं जन्म जयन्तीको अवसरमा आज काठमाडौँ लगायतका अन्य जिल्लाहरुमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

उनी वाल्मीकि रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए ।

उनले प्रश्नोत्तर (वि.सं. १९१०), भक्तमाला (वि.सं० १९१०), वधूशिक्षा (वि सं १९१९)लगायतका कृतिहरू लेखेका छन् । उनका पाण्डुलिपिलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका अर्थात् प्रख्यात भएका हुन् ।

भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहूँको रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते भएको थियो । बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका यिनले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ ।

उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक एक जना बटुवाले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए ।

पहाड्को अति बेस देश् तनहुंमा श्रीकृष्ण ब्राहृमण् थिया ।
खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया

मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे ।

एक् दिन् नारद् सत्य लोक् पुगिगया लोक्को हित् गरौ भनि
ब्रम्ह्ना ताहि थिया पर्या चरगनमा खुसि गराया पनि
क्या सोद्च्हौ तिमी सोध् म भन्च्हु म भनि मर्जि भयेथ्यो जसै
ब्रम्ह्नाको करुना भुजेर रिसिले बिन्ति गर्या यो तसै ।
हे ब्रम्ह्ना जति हुन् सुभा सुभ सबै सुनि रया छु कछु
बाकि छइन तथा बिसुन्न इछया म यो गद्र्छु
आउ लाज भयो कलि बखतम प्रानि दुराच्रार भइ
गन्र्याछन सब पाप् पनि सरलका निस्काम तिमा गइ ।
साच्ह्यो कुरा गरि नकोइ अरुकोइ गर्नन् त निन्दा पनि
अर्कको धन खानलाई अभिला गर्नन् तद यो भनि
कोहि जान् परत्रिमा रतहुनन कोही त हिम्सा महा
दिनइलाई त अत्मा जानि रहलान् नत्तिक पसु झहि कहा ।

र्भ जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति

अमरावती कान्तिपुरी नगरी
कतिका दिन याहिँ बिते सुखले
यतिका कविता रचिए मुखले ।
अब झल्झल भो म भुलूँ कसरी
अमरावति कान्तिपुरी नगरीू
ूकहीं घर्घर ज्यावल९मेशिनको
कहीं चिर्वीर गान् रसिला चरिको
हरियो गहुँ झुल्दछ फाँटभरी
अलकापुरि कान्तिपुरी नगरी ।
ूकटि कूच कसी हिँडन्या युवती
चलन्या पथमा नलजाई रति
सँगमा छ युवादल वरिपरि
अमरावति कान्तिपुरी नगरी ।
ूमृत मूषिकको बुटि झर्छ जहाँ
हिँड्दा डुलँदा टुपि जल्छ जहाँ
कुतिको कलरव् अँझ ओरिपरि
अमरावति कान्तिपुरी नगरी ।
थलियाभरि पस्कि झिँङ्गालु रस
अटियाउपरै कुतिसाथ बस
खूब खाऊ चपाउ पिऊ सुमरी
अलकापुरि कान्तिपुरी नगरी ।

एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि।
मान्माथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी।
रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू।
रात् र्भ नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु।
लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी।
लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी।
बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली।
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोली।
की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि।
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।

प्रतिकृयाहरु
Loading...