नेकपाले बोलायो पार्टी हेडक्वाटरको बैठक, के–के छन् त छलफलका विषय ?
२०७४ जेठ १५ गते

“
काठमाडौं, असार १९ । नेकपाले बैठकको लागि आव्हान गरेको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले पार्टी सचिवालयको बैठक आव्हान गरेको हो ।
बैठक भोलि बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपाको केन्द्रीय कार्यलयले जनाएको छ । यस अघि प्रधानमन्त्रीको चीन भ्रमण अगाडि असार २ गते सो पार्टीको सचिवालय वैठक बसेको थियो ।
प्रधानमन्त्रीको केपी ओलीको चीन भ्रमणको समीक्षा, एकीकृत पार्टीका आन्तरिक काम, शिक्षा विद्येयक, नेताहरुको कार्यविभाजन र संसदीय समिति गठन लगायतका विषयमा बैठकमा छलफल हुनेछ ।
नेकपाले यस अघि विभिन्न भातृ संगठनहरुको एकताका लागि कार्यदल बनाएको थियो । केन्द्रीय किमिटबाहेक अन्य कमिटीको एकता अगाडि बढेको छैन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








