युरो काङ्ग्रेस अबैधानिक

काठमाडौँ। तेर्हौ महाधिबेशन सम्पन्न हुँदै गर्दा पार्टी लाई एकढिक्का बनाइ लैजाने र गुटबन्दी निस्तेज गरि सिङ्गो काङ्ग्रेस बनाइ छाड्ने प्रतिबद्धता सहित सभापति मा बिजय हासिल गरेका देउवाले अधिबेशन सकिएको यतिका दिनसम्म पनि अंतर्निहित भातृ तथा भगिनी संस्थाहरु लगाएत काङ्ग्रेसलाई समेत गुट रहित बनाउने कुनै कदम चालेनन।

बरु विधि र बिधान बिपरित आफ्ना निकट आसेपासेहरुलार्इ काखी च्यापेर गुट मजबुत बनाउन तिर लागेका छन। टिकट बितरणका लागि बनेको समिती होस वा केन्द्रीय पदाधिकारी मनोनयन प्रक्रिया नै होस उनले आफ्नो मनोमानी अनुसार काम गरेका थिए।

तत्कालिन पार्टी सभापती गिरिजाप्रसाद कोइरालासंंग बिमती राख्दै पार्टी फुटाएर ‘प्रजातान्त्रिक काङ्ग्रेस’ स्थापना गरि आफ्नो भागबन्डा लिदै सङ्गठनलार्इ व्यापक बनाउन उनले बिदेशमा पनि आफू निहित सङठनहरु खोलेका थिए, सोही क्रममा युरो काङ्ग्रेस को जन्म गराइएको थियो।

उक्त युरो काङ्ग्रेसलाई नेपाली जनसम्पर्क समन्वयन समिती को नाम दिए पनि नेपाली काङ्ग्रेस को बिधान अनुसार मान्यता पाएको छैन। यस्तो अबैधानिक युरो काङ्ग्रेसले समग्र नेपाली काङ्ग्रेस को हित र सुदृढिकरणका लागि कस्ता सुझाव पेश गर्ला ?

आफै बिधान बिपरित सन्चालन भएको निजि सङ्गठनले समग्र पार्टीको बिधान संशोधन तथा परिमार्जनका लागि कस्तो राय सुझाव पेश गर्ला ?

चुनाव समिक्षा का लागि बसेको केन्द्रीय समिती बैठक र जिल्ला सभापतिहरुको हेटौंडा भेलामा व्यापक असहमति राख्दै आएका काङ्ग्रेस का निस्ठावान नेता कार्यकर्ता हरुलाइ उपेक्षा गरि एकलौटी रूपमा पार्टी एक ढिक्का भएको भनी भ्रामक सन्देश दिँदै आन्तरिक रुपमा आफ्नो गुट दरिलो बनाइ आगामी अधिबेशनका लागि गृहकार्य गर्न लाग्नुले पार्टी भित्रै व्यापक असन्तुष्ट हरुलाई थप मलजल र गुट मौलाउन प्रेरित गरेको छ।

पार्टी नीति र बिधान अनुसार चल्छ भनेर बिस्वास गर्ने ठाउँ कहाँ रह्यो ? यसरी एक पछि अर्को गलत कदमले काङ्ग्रेसको हबिगत कस्तो गर्ला ?

त्यसैले पोर्चुगलमा हुने भनिएको जनसम्पर्क समन्वयन समितिको भेलाले दिएको राय सुझाव समग्र काङ्ग्रेसको नभै गुट निहित हुने हुँदा यस्ता अबैधानिक समितीका रायहरु बिधान संशोधन मस्यौदा समितिले अस्विकार गरोस।

पार्टी एकढिक्का बनेर जाओस भन्ने तमाम काङ्ग्रेसप्रेमी नेता कार्यकर्ता र मतदाताहरुलार्इ सशंकित तुल्याउने कुनै किसिमका कदम नचालियोस।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *