अर्जेन्टिनाको संकट मेसी र रोजोले टारे, नाइजेरियालाई हराउँदै पुग्यो नकआउट चरणमा

काठमाडाैं । अन्तिम खेलमा जीत निकाल्दै अर्जेन्टिना नकआउट चरणमा पुुगेको छ । यो खेलअघिसम्म समूहको अन्तिममा रहेको अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले पराजित गर्दै उपविजेताका रुपमा अघिल्लो चरणमा पुुगेको हो ।

अर्जेन्टिनाको जीतमा कप्तान लियो मेसी र मार्को रोजोले गोल गरे । खेलको १४ औं मिनेटमा मेसीले गोल गर्दै अग्रता दिलाएपनि पेनाल्टि पाएपछि नाइजेरियाले गोल फर्काएको थियो ।

मास्चेरानोले नाइजेरियाका खेलाडीलाई डिबक्समा लडाएपछि मोसेसले पेनाल्टीमा गोल गरे । तर मार्को रोजोले ८६औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको संकट टारेका हुन् ।

अर्जेन्टिनाको जीतमा क्रोयसिया समेत सहयोगी बन्यो । उसले आइसल्याण्डलाई हराएपछि अर्जेन्टिनाको अघिल्लो चरण थप सहज भएको हो । यो खेलमा आइसल्याण्ड विजयी भएको भए अर्जेन्टिनालाई छनोट हुन गाह्रो थियो ।

यो समूूहबाट तीनै खेलमा जीत निकाल्दै क्रोयसिया विजेताका रुपमा अघिल्लो चरणमा पुुगेको छ । क्रोयसियाका लागि खेलको ५३ औं मिनेटमा मिलन बडेजले गोल गरे । तर ७६औं मिनेटमा पेनाल्टि पाएपछि आइसल्याण्डले बराबरी गरेको थियो ।

गिल्फी सिग्युर्डसनले गोल गरे । ९० औं मिनेटमा गोल थप्दै इभान पेरिजले क्रोयसियालाई जित दिलाए । अब नकआउट चरणमा अर्जेन्टिनाले फ्रान्स र क्रोयसियाले डेनमार्कसँग खेल्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *