लमजुङमा पच्चीस लाख अलैँचीका बिरुवा बिक्री

लमजुङ, साउन ६ । जिल्लामा २५ लाखभन्दा बढी अलैँचीका बिरुवा बिक्री भएको छ । जिल्लाका विभिन्न नर्सरीबाट रु दुई करोड भन्दा बढी मूल्यका बिरुवा बिक्री भएको अलैँची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष अजय तामाङले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न नर्सरीमा करिब ७० लाख बिरुवा उत्पादन भएको थियो । अलैँची रोप्न साउन महिना उपयुक्त समय हो । अझै बिरुवा बिक्रीका क्रममा रहेको छ ।

जिल्लाबाट स्याङ्जा, गोरखा, धादिङ, कास्की, बागलुङ, म्याग्दीलगायत जिल्लामा अलैँचीका बिरुवा निकासी भएको छ । बिरुवा बिक्री वितरणका लागि जिल्ला कृषि विकास कार्यालयलगायत सङ्घसंस्थाले समन्वय गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *