भिएलएनका रामकुमार श्रेष्ठलाई १२ लाख धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौं, असार ५ । भिएलएनका सञ्चालक रामकुमार श्रेष्ठलाई जिल्ला अदालत ललितपुरले १२ लाख रुपैयाँमा धरौटीमा छोड्न आदेश दिएको छ।

मंगलवार थुनछेक बहसपछि न्यायाधीश धनसिंह महराको एकल इजलासले धरौटीमा छोड्न आदेश दिएको हो । अध्यक्ष श्रेष्ठविरुद्ध २ करोड ७५ लाख रुपैयाँ बिगो दाबीसहित अदालतमा ठगी मुद्दा दर्ता भएको थियो।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने युवाहरूसँग सरकारले तोकेको भन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा अध्यक्ष श्रेष्ठसहित ४० जनालाई प्रहरीले पक्राउ गरेको थियो।

अध्यक्ष श्रेष्ठलाई जेठ ३० गते काठमाडौं जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटी बुझाएर छोड्न आदेश दिएको थियो। अदालतबाट छुटे लगतै श्रेष्ठलाई ललितपुर प्रहरीले पक्राउ गरेको थियो। श्रेष्ठमाथि भिसा स्ट्यापिङका लागि भिएलएन खडा गरेर आर्थिक कारोबार गरेको आरोप लागेको छ ।

भिएलएनले मलेसिया जाने कामदारको राहदानी संकलन गर्ने र संकलित राहदानीलाई भिसा लगाउन मलेसियन दूतावास पुर्‍याएबापत प्रति कामदार ६ हजार ७ सय रुपैयाँ लिँदै आएको थियो। कामदारसँग रकम उठाउन श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले अनुमति दिएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 7 =