देश अपांग भएको छ (गजल)

 

बञ्जर भएको छ मस्तक यहाँ, केश अपांग भएको छ
भन्छौ अपांग तिमि मलाई, यहाँ देश अपांग भएको छ

खै कहाँ गए आज, लेक–बेशी धाउने ती पैतालाहरु
मुढा सरह ढलेको छ जिवन, यहाँ शेष अपांग भएको छ

मौलिकता बिलिन भए, बिदेशी सँस्कृतिको चलखेलमा
कहाँ गाडिए धर्म हाम्रो, यहाँ भाषा–भेष अपांग भएको छ

आकाशिदो महङ्गी र घुसखोरी, बरोजगारीको खाल्डो यो
स्विजरल्यान्ड बनाउछु भन्ने, यहाँ मावो–काङ्ग्रेस अपांग भएको छ

खै कसरी बिस्वास गरुँ र म, तिम्रा ती वाचा कसमहरु
प्रेमिल पुस्तक छाप्ने हेर, यहा प्रेस अपांग भएको छ

बञ्जर भएको छ मस्तक यहाँ, केश अपांग भएको छ
भन्छौ अपांग तिमि मलाई, यहाँ देश अपांग भएको छ”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *