रसिया विश्वकप–२०१८ शुरु हुन मात्र ३ दिन बाँकी ! कसले मार्ला बाजी ?

काठमाडौं, जेठ २८ । रसिया विश्वकप–२०१८ शुरु हुन अब ३ दिन मात्रै बाँकी छ । नेपालमा पनि विश्वकपको उत्साह देखिएको छ । उपत्यकाका धेरै कपडा पसलहरु पनि जर्सी किनबेच भ्याइनभ्याइ नै छ । विश्वकप फुटबल बच्चा देखि वृद्ध सम्मको चासोको विषय बनेको छ ।

जुन १४ देखि जुलाई १५ सम्म हुने विश्वकप फु्टबलमा कूल ३२ टोलीले भिडन्त गर्दैछन् । जम्मा ६४ खेल हुने उक्त प्रतियोगितामा रसियाको राजधानी मस्कोसहित विभिन्न ११ सहरका १२ रंगशालामा खेलाइने छ ।

विश्वकपको उद्घाटनमा खेलमा आयोजक रसिया र साउदी अरेबिया खेल्दै विश्वको ढोका खोल्ने छन् ।

यसपटक रसिया विश्वकपमा स्पेन, अर्जेन्टिना, फ्रान्स, जर्मनी, ब्राजिल, पोर्चुगललगायत टोलीलाई उपाधि दाबेदारको मुख्य टोली मानिएको छ । त्यसमा पनि सन् २०१४ को विश्वविजेता जर्मनी, अर्जेन्टिना, स्पेन र ब्राजिललाई उपाधि होडमा मुख्य रूपमा अगाडि रहने अनुमान गरिएको छ ।

स्पेनिस बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीको टोली यसपटक सन् २०१४ मा ब्राजिलमा फाइनलमा व्यहारेको हार बिर्संदै उपाधि जित्ने दाउमा हुनेछ ।

यता, ब्राजिल भने २०१४ मा आफ्नो घरमा भएको विश्वकपको सेमिफाइनलमा जर्मनीसँग ७–१ को हार खाँदै उपाधि होडबाट बाहिरिँदाको पीडा बिर्सन यसपटक उपाधि जित्ने अभियानमा छ । ऊ सबैभन्दा बढी उपाधि जित्ने टोली बन्ने अभियानमा छ ।

विश्वकपअघिका मैत्रीपूर्ण खेल गत राति ब्राजिल र अस्ट्रियाले खेलेसँगै सकिएका छन् । अब विश्वकप खेल्ने टोली धमाधम रसियातर्फ लाग्ने छन् । केही टोली रसिया उत्रिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 15 =