न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा आईसियुमा, सामाजिक संजालको हल्ला झुटो

काठमाडौँ, जेठ २६  । विश्व प्रख्यात न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वस्थ्य अवस्था गम्भीर भएको छ । काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत डा. देवकोटाको अवस्था अरु दिनभन्दा गम्भीर रहेको देवकोटा भाइ बसन्त देवकोटाले बताएका छन ।

पाँच महिनासम्म बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराएर देवकोटालाई गत वैशाखमा नेपाल ल्याइएको थियो । बाँकी उपचार स्वदेशमै गर्ने देवकोटाकै इच्छाअनुसार उनलाई नेपाल ल्याइएको थियो । देवकोटाको न्यूरो अस्पतालमा सघन रुपमा उपचार भइरहेको छ ।

यता मध्यराति देखिनै गम्भीर अस्वस्थामा उपचाररत डा देवकोटाको मृत्यु भएको भन्दै सामाजिक सञ्जलमा हार्दिक श्रद्धाञ्जली र रिप लेख्नेको रहर चलेको छ । कसले किन मृत्युको हल्ला चलायो र फेसबुक प्रयोगकर्ताले किन हार्दिक श्रद्धञ्ली लेखिरहेका छन भन्ने बुझन सकिएको छैन । यद्यपी केही पत्रकार लगायतका व्यक्तिले हल्लाको पछि नलाग्न अपिल गरिरहेका छन ।

यस्ता छन् सामाजिक संजालका गलत हल्लाहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 1 =