बिरामीकाे जीविकोपार्जन भत्ता कार्यन्वयन नभए आन्दोलन गर्छाै: बाेहाेरा

काठमाडाैं, जेठ २२ । आफ्नो कार्यकालमा मृर्गौला, क्यानसर, स्पाईनल इन्जुरी भएका बिरामीहरुलाई दिने भनिएको जीविकोपार्जन भत्ता बर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले उल्टाउनु दुर्भाग्य भएको पुर्व स्वास्थ्यमन्त्री दिपक बोहोराले बताएका छन्।

पुर्व प्रधामन्त्री तथा कांग्रेस सभापपती शेरबहादुर देउवा नेतृत्व सरकारका स्वास्थ्यमन्त्री बोहोराले आफ्नो कार्यकालकै ठुलो उपलब्धीका रुपमा लिईएको उक्त भत्ता बर्तमान सरकारले नदिने निर्णय गर्नु दुर्भाग्य भएको बताएका हुन् ।

पुर्वमन्त्री बोहोराले सुतिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन नियमावली २०६८ बमोजिम स्थापित स्वास्थ्य कर कोषमा सुर्र्तिजन्य पदार्थबाट संकलन हुने अन्तरशुल्क करबाट प्राप्त हुने कोष्षबाट श्रोत व्यवस्थापन गरी मृर्गौला, क्यानसर, स्पाईनल इन्जुरी भएका बिरामीहरुलाई मासिक रुपमा ५ हजारका दरले जीविकोपार्जन भत्ता दिने मन्त्रीपरिषदको निर्णय बर्तमान सरकारले कार्यन्वयन नगरेर बिरामीहरुको भबिष्य माथि खेलबाड गरेको आरोप लगाए ।

पुर्व स्वास्थ्य मन्त्री बोहोराले नेपालमा धेरैजसो मृर्गौला, क्यानसर, स्पाईनल इन्जुरी भएका बिरामीहरु आर्थिक अभावकै कारण जीविकोपार्जनमा समस्या खेपिरहेको बताउदै तीनिहरुको जीवनयापनका लागि आफुले पहल गरेर निर्णय गरेको जीविकोपार्जन भत्ताले धेरैलाई राहत पुग्ने आशा गरिएकोमा बर्तमान सरकारले निर्णय उल्टाएर बिरामीहरुलाई ठुलो धोका दिएको बताए ।

उनले नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेको सरकारले मृर्गौला, क्यानसर, स्पाईनल इन्जुरी भएका बिरामीहरुको बारेमा आफुले निर्णय गराएको जीविकोपार्जन भत्ता भन्दा राम्रो कार्यक्रम ल्याएर देखाउन चुनौती पनि दिए ।

राप्रपा (प्रजातान्त्रीक) को बिद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष तथा तत्कालीन स्वास्थ्य मन्त्री बोहोराका स्वकिय सचिव निराजन बमले अहिलेको सरकारले मृर्गौला, क्यानसर, स्पाईनल इन्जुरी भएका बिरामीहरुलाई दिने भनिएको जीविकोपार्जन भत्ता दिने निर्णय कार्यन्वयन नगरे आफुहरु आन्दोलन गर्ने चेतावनी समेत दिए ।

उनले पुर्व स्वास्थ्यमन्त्री बोहोराको पहलमा मृर्गौला, क्यानसर, स्पाईनल इन्जुरी भएका हजारौँ बिरामीहरुलाई राहत स्वरुप मासिक रुपमा ५ हजार जीविकोपार्जनका लागि भत्ताको व्यवस्था गरीएकोमा बर्तमान सरकारले उल्टाएर अरुले गरेको राम्रो कामको समेत सम्मान गर्न नजानेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *