राष्ट्रिय पाठ्यक्रमको नयाँ प्रारुप पारित (११ र १२ को नयाँ प्रारूप सहित )

काठमाडौं, जेठ १९ ।  राष्ट्रिय पाठ्यक्रमको नयाँ प्रारुप पारित भएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले उक्त प्रारुप पारित गरेसँगै कक्षा ११ र १२ पनि कक्षा एक देखि १० सम्मको जस्तै एकल पथीय हुने भएको छ ।

अब कक्षा ११ र १२ मा नेपाली, अँग्रेजी, सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा गरी ४ विषय अनिवार्य र ३ विषय ऐच्छिक रहने छन् ।  कक्षा ९ र १० मा ५ वटा अनिबार्य र २ वटा ऐच्छिक विषय रहने व्यवस्था गरिएको छ । २ वटा ऐच्छिक विषय मध्ये एउटा विषय पेशा व्यवसायिक विषय हुने छ ।

बिज्ञान तथा प्रविधि मन्त्रालयको कार्यप्रगति, बिद्यार्थी भर्ना लगायतका विविध बिषयमा प्रस्तुत गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा मन्त्री पोखरेलले नेपालको संविधान, शिक्षा ऐन र नियमावली अनुरुप हुने गरी राष्ट्रिय पाठ्यक्रम प्रारुप पारित गरेको बताए ।

“मूलत हाम्रो संविधानले आत्मसात गरेको सामाजिक न्यायमा आधारित जनशक्ति निर्माण गर्न पाठ्यक्रममा आवश्यक सुधार गरिएको हो, देशलाई आवश्यक जनशक्ति कस्तो बनाउने भन्ने कुरा पाठ्यक्रमले निर्धारण गर्छ त्यो दिशामा हामी अघि बढेका हौं”  मन्त्री पोखरेलले भने ।

उक्त पाठ्यक्रम प्रारुप अनुसार अब कक्षा ११ र १२ मा ऐच्छिक विषयहको छनोट गर्दा चार ऐच्छिक विषयहरू मध्ये कुुनै तिन विषयको छनोट विद्यार्थीको रूचि, आवश्यकता, उपलब्ध शिक्षक तथा स्रोत र साधनको आधारमा स्थानीय तहको समन्वयमा विद्यालयले गर्ने ब्यवस्था गरिएको छ । यसरी विषय छनोट गर्दा ऐच्छिक प्रथम, द्वितीय र तृतीयबाट एक एक विषय गरी जम्मा ३ विषय छनोट गर्नु पर्ने छ । दिइएका एक समूहबाट कुनै एक मात्र विषय छनोट गर्नु पर्ने छ । ऐच्छिक प्रथम विषय जुन समूहबाट छानिएको छ ऐच्छिक द्वितीय र तृतीय विषय पनि सोही समूहबाट छनोट गर्नु पर्ने छ ।

चार ऐच्छिक विषय मध्ये एक विषय (ऐच्छिक चतुर्थ) स्थानीय विषय हुने छ । यो विषय मूलत रोजगारमुलक तथा स्वरोजगारमुलक सीप आर्जनको लागि प्राविधिक तथा व्यवसायिक प्रकृतिको हुने छ । यो विषय स्थानीय आवश्यकताको आधारमा सम्बन्धित स्थानीय तहले आफै पाठ्यक्रम विकास गरी कार्यान्वयन गर्न सक्ने छ । तर पाठ्यक्रम संरचनामा दिइएका ऐच्छिक स्थानीय विषयले स्थानीय आवश्यकताको प्रतिनिधित्व गर्ने भएमा सो विषय छनोेट गरी अध्ययन अध्यापन गराउन सकिने छ । यो विषयको शिक्षक, पाठ्यसामग्री लगायतका व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्ने ब्यवस्था गरिएको छ ।

राष्ट्रिय पाठ्यक्रमको अन्तर्गत कक्षा ११ र १२ को नयाँ प्रारूप तल दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =