३० किलो चरेशसहित ७ जना पक्राउ

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन ४ । प्रहरीले मकवानपुरको हेटौंडाबाट ३० किलो चरेशसहित ७ जना पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट बुधबार बिहान सशस्त्र प्रहरीले लागुऔषध चरेशसहित सातजनालाई पक्राउ गरेको हो ।
विशेष सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरेका सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विक्रम स्याङतान र हिरा स्याङतान, भारत लखनउका निर्भय सिंह, भारत रक्सौलका मुकेश सराफ, भारत मोतिहारी रमगड्वाका कलावती देवी, रौतहट राजपुर फरादवाका कमला खातुन र रौतहट बलराका सरोज पटेल रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ३३ हजार ६ सय ९० भारतीय रुपैयाँ पनि बरामद गरिएको सशस्त्र प्रहरीबल हेटौंडाले जनाएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित