नेकपाका अध्यक्ष्य द्वय ओली, प्रचण्ड र फोरम अध्यक्ष यादवबिच दुई बुँदे सहमतिमा हस्ताक्षर
२०७४ जेठ १५ गते

“
काठमाडौ, जेठ १४ । नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुई बुँदे सहमति भएको छ ।
सहमतिसँगै उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा सहभागी हुने भएको छ ।
सोमबार बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवले दुई बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।
सत्तारुढ नेकपाले सहमतिका आधारमा संविधान संशोधन गर्ने लिखित सहमति गरेको छ ।
‘फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ,’ सहमतिको पहिलो बुँदामा भनिएको छ ।
फोरम ओली सरकारमा सहभागी हुने दोस्रो सहमति छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








