अत्याधिक गर्मिले जनजीवन प्रभावित, बिरामी बढ्न थाले

सप्तरी, साउन ४ । सप्तरी सहित पूर्वी तराईका जिल्लामा बढेको अत्याधिक गर्मीका कारण मानिसहरु विरामी पर्न थालेका छन । चर्को घाम सँगै बढेको अत्याधिक गर्मीले मानिसहरुमा मुर्छा पर्ने, टाउँको दुख्ने, झाडापखाला लगायतका समस्या देख्नुका साथै भाईरल ज्वरोको प्रकोप बढेको छ ।

गर्मीले बृद्धबृद्धा र बच्चाहरु बढी विरामी हुन थालेका छन । उनीहरु गर्मीले मुर्छा पर्ने, बेहोस हुने र भाईरल ज्वरोले ग्रसित भई दैनिक ५० जना अस्पताल भर्ना हुन थालेको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजका ईमेरजेन्सी विभागका अहेव मनोज देवले जानकारी दिनुभयो । अस्पतालमा विरामीको चाप बढेपछि बेडको अभाव हुन थालेको छ ।

बेडको अभाव भएपछि विरामीहरुलाई भुईमै राखेर भएपनि उपचार सेवा प्रदान गर्दै आएको अस्पताल प्रशासनले जनाएको छ । दैनिक ज्याला, मजदुरी गरी खाने ठेला, रिक्साका मजदुरहरुलाई झनै समस्या भएको छ । स्थानीय व्यापारी प्रेम कुमार झाले गर्मी बढेपछि सदरमुकाम राजविराजमा मानिसहरुको चहल पहल घटेसँगै व्यापार घटदै गएको बताउनुभयो ।

जिल्ला जन स्वास्थ्य कार्यालय सप्तरीका जन स्वास्थ्य अधिकृत भागवत यादवले गर्मीमा खानाले पनि फुड प्वाईजनिंग हुने सम्भावना अत्याधिक रहेकाले खानपिनमा समेत ध्यान दिनुपर्ने सल्लाह दिनुहुन्छ । गएको असार १७ गते अविरल वर्षा सँगै सप्तरीमा आएको बाढीको कहर नमेटिदै बर्षा रोकिए सँगै बढेको अत्याधिक गर्मीले यहाँको जनजीवन थप कष्टकर बन्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *