गाउँले र पन्तलाई आजीवन सदस्यता

काठमाडौँ, १३ जेष्ठ । नेपाली वाङ्मय परिषद्ले नेपाली साहित्यको श्रीवृिद्धका साथै संस्थाको बृहत्तर हितका निमित्त विशेष योगदान दिएवापत दुई नारी स्रष्टालाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।

परिषद्का अध्यक्ष शशी लुमुम्बूको अध्यक्षतामा बिहीबार बसेको बैठकले कविद्वय कविता राई गाउँले र सरस्वती पन्तलाई विधानअनुसार संस्थाको आजीवन सदस्यता प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको हो । संस्थाको इतिहासमा यस्तो सदस्यता पहिलो पटक प्रदान गर्न लागिएको बताइएको छ ।

सदस्यता परिषद्को छैठौँ वार्षिक उत्सवका अवसरमा असार अन्तिम साता काठमाडौँमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने सचिव टीका चाम्लिङले जानकारी गराए ।

सचिव चाम्लिङका अनुसार विशेष कविता उत्सवसहितको उक्त विशेष समारोहमा भारतको दार्जिलिङका कवि तथा साहित्यकारहरूलाई आमन्त्रण गरिने छ भने नेपाली साहित्यमा दार्जिलिङले पुर्याएको योगदानमाथि विमर्शसमेत गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *