ऋषि धमला पत्नी एलिजाको यस्तो साथी ! (भिडियोसहित)

एलिजा गौतमको निर्माण अभिनय रहेको फिल्म अनुरागको यस्तो साथी बोलको गीत सार्वजनिक भएको छ । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण अभिनय रहेको फिल्म ‘अनुराग’को रोमान्टिक गीत यस्तो साथी बोलको गीतमा एलिजा र समुन्द्र पण्डितको अभिनय रहेको छ ।

सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको उक्त गीतमा एलिजा बोल्ड रुपमा प्रस्तुत भएकी छिन् । गीतको शब्द सत्यराज एचआरसीको रहेको छ भने संगीत सरोज पोखरेलले भरेका हुन् । गीतमा विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ ।

अनुरागमा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ भने सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ ।

ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । चलचित्रको निर्माता भरत गौतम र गीता भेटवाल रहेका छन् । चलचित्र २५ साउनमा प्रदर्शनमा आउनेछ ।

https://youtu.be/NThPiWCtASc”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seventeen =