सिन्डिकेट हटाउने महानिर्देशक तानिए मन्त्रालय

काठमाडौ, जेठ ४ । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालय तानिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले भट्टराईलाई मन्त्रालय तान्ने निर्णय गरेका हुन् । शुक्रबार सहसचिव ध्रुव जोशीले हस्ताक्षर गरेको पत्र भट्टराईले पाएका छन् ।

बुधबार नै भएको सरुवाको निर्णयमा सचिवले हस्ताक्षर गर्न नमानेपछि सहसचिवलाई लगाइएको हो ।

भट्टराईले पछिल्लो समय यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

भौतिक पूर्वाधारमन्त्रीले खुट्टा कमाएका बेला महानिर्देशक भट्टराईले सिन्डिकेट खारेज गर्ने गृहमन्त्री रामबहादुर थापा बादलको अभियानलाई दह्रो साथ दिएका थिए ।

सरकार सिण्डिकेटविरुद्ध कडा रुपमा प्रस्तुत हुँदा पनि मन्त्री महासेठ व्यवसायीहरुप्रति लचिलो बनेका थिए ।

गृहमन्त्रीको नेतृत्वमा बसेको बैठकको निर्णय विपरित महासेठले सिण्डिकेटको पक्षमा रहेका समितिहरुको बैंक खाता रोक्का फुकाउने गोप्य सहमति गरेका थिए ।

उनलाई मन्त्रालय तान्नुलाई सिन्डिकेट हटाए वापत मन्त्री महासेठले दिएको दण्डका रुपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + sixteen =