राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलको बैठक बस्दै

काठमाडौं, जेठ ४ ।  राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलको बैठक बस्न लागेको छ । अहिले केहीबेरपछि बस्न लागेको बैठकमा दुई कम्युनिष्ट पार्टीको एकतापछिको राजपाको रणनीतिका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

सरकारलाई समर्थन गरेको तर सरकारमा नगएको राजपाले समर्थन र सरकारमा सहभागीताका बारेमा पुर्नविचार गर्ने तयारी गरेको छ । पार्टीको माग अनुसार संविधान संशोधनको पक्षमा नव गठित नेपाल कम्युनिष्ट पार्टी नदेखिएकाले समर्थन फिर्ता लिएर दवावमुलक अभियानमा लाग्नु पर्ने कतिपय नेताहरुको तर्क रहेको छ ।

सरकारले आफ्नो मागहरु पुरा गर्ने अवस्था नरहेको र सरकारमा सहभागीतकालागि आग्रह पनि नगरेकोले सरकारमा नजाने निर्णय बैठकले गर्न सक्ने एक नेताले जानकारी दिए ।

अहिले सम्म राजपाले सरकारमा सहभागी हुने की नहुने भन्ने बारेमा स्पष्ट निर्णय गरेको छैन । त्यस बाहेक राजपाको संसदीय दलको नेता, उप नेता र कार्यसमिति चयन गर्ने, प्रदेश दुईमा तीन राज्यमन्त्री थप्ने, पार्टीको महाधिवेशन गर्ने लगायतका विषयमा पनि बैठकमा छलफल हुनेभएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *