मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

तिवारीको हत्यामा संलग्न कुशवाह जेल चलान

काठमाडौँ, वैशाख २८ । हिन्दु युवा संघ नेपालका अध्यक्ष काशी तिवारीको हत्यामा संलग्न सियारामप्रसाद कुशवाह जेल चलान भएका छन् ।

विसं २०६७ असारमा पर्साको वीरगन्जस्थित अशोक वाटिकामा तिवारीको हत्यामा संलग्न कुशवाहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार पक्राउ गरी शुक्रबार जेल चलान गरेको हो ।

बबिता तिवारीको जाहेरीमा कर्तव्य ज्यान मुद्धामा उच्च अदालत जनकपुरको फैसलाअनुसार सर्वस्वसहित जन्मकैदको सजाय ठहर भएपछि फरार रहेका ३४ वर्षीय कुशवाहलाई ब्यूरोको टोलीले बिहीबार काठमाडौँको शान्तिनगरबाट पक्राउ गरेको हो ।

कुशवाहलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा अदालतको आदेशले कैद भुक्तानका लागि शुक्रबार कारागार कार्यालय डिल्लीबजार पठाएको हो । रासस

प्रतिकृयाहरु
Loading...