मापदण्ड पूरा नगरी चल्छन् बालगृह


किशोर खनाल, भरतपुर । चितवनमा मापदण्ड पूरा नगरी बालगृहहरु सञ्चालन भइरहेका छन् । महिला तथा बालबालिका कार्यालय चितवनले शनिबार गरेको वार्षिक प्रगति समीक्षा कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीहरुलाई चितवनमा सम्पूर्ण मापदण्डहरु पूरा नगरी बालगृहहरु सञ्चालनमा आइरहेको जानकारी दिएको छ ।
‘बालगृह सञ्चालन मापदण्ड–२०६९’ मा उल्लेख भएअनुसार यहाँ सञ्चालित कुनै पनि बालगृहले सम्पूर्ण मापदण्ड पूरा गरेका छैनन्’ महिला तथा बालबालिका कार्यालय भरतपुरकी प्रमुख महिला विकास अधिकृत शान्ताकुमारी पौडेलले भनिन् । उनले यो वर्ष महिला तथा बालबालिका कार्यालयले २० वटा बालगृहमा अनुगमन गरेको बताइन् ।
‘हामीले अनुगमन गरेपछि सबै बालगृहहरुमा केही न केही मापदण्ड पूरा नभएको पायौँ, कुनैमा कम्पाउड छैन, कुनैमा खानेकुरा ठीक छैन । कुनैको अवस्था निकै दयनीय भएको पनि पायौँ’ पौडेलले भनिन्, ‘हामीले सुधार गर्न सुझाव दिएपछि तुलनात्मक रुपमा केही सुधार भएको पनि छ ।’
चितवनमा दर्ता भएका बालगृहहरु ३० वटा छन् । दर्ता नगरी यहाँ बालगृह सञ्चालनमा छन्, तर ती कति छन् भन्ने कुरा एकीन नभएको प्रमुख महिला विकास अधिकृत पौडेलले बताइन् । उनले भनिन्, ‘यो वर्ष दर्ता नगरी चलेका २ वटा बालगृहलाई हामीले बन्द नै ग¥यौँ ।’
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मापदण्ड पूरा नगरेका बालगृहको विषयमा कुनै रिपोर्ट नआएको बताए । उनले भने, ‘अहिलेसम्म दर्ता नभएका र मापदण्ड पूरा नगरेका बालगृह सञ्चालनमा रहेको जानकारी आएका छैन । महिला तथा बालबालिकाको रिपोर्ट आयो भने त्यो विषय के रहेछ, हेर्न बुझ्न सकिन्छ ।
अनाथ बालबालिकाको लागि प्रहरी नागरिक अभियान (पिटुसिटु) का बेलबहादुर गुरुङले बालगृह सञ्चालनको लागि मापदण्ड नै फेलेक्जीबल नभएको बताए । उनले भने, ‘कतिपय मापदण्ड पूरा गर्नै नसक्ने खालका पनि छन् ।’ गुरुङले अन्य बालगृह र पिटुसिटु अत्यन्तै फरक रहेको बताए । उनले भने, ‘पिटुसिटु सडक बालबालिकाहरुको गृह हो, यसमा अभिभावकको कसरी स्वीकृत लिन सकिन्छ । ती बालबालिकालाई को अभिभावक पत्तो छैन । अनि यस्तो अवस्थामा कसरी मापदण्ड पूरा गर्न सकिन्छ ? मापदण्डले अभिभावकको सिफारिस पनि माग्छ ।’
गुरुङले बालगृहको मापदण्डमा केही लचक्ता ल्याउनुपर्नेमा बहस गर्न जरुरी रहेको बताए । उनले बालगृहको मापदण्डमा संशोधन गर्नुपर्ने सुझावसमेत दिएका छन् । कतिपय बालगृहहरुले आम्दानी र खर्च विवरण पनि सार्वजनिक नगरी सञ्चालन भइरहेको छ । कतिपय बालगृह धर्म प्रचारको लागि पनि खोलिएको छ ।
पछिल्लो पटक केही बालगृहहरुले बालबालिका संरक्षण गर्ने नाममा बालगृह खोल्ने र त्यही बालगृहलाई आर्थिक स्रोत बनाउने संस्कार पनि नचलेको होइन । एउटा बालक वा बालिका बालगृहमा बस्न लायक हो वा होइन, यसको अध्ययन अनुगमन हुन जरुरी छ । च्याउसरी खोलिएका बालगृहलाई सरकारले अनुगमन र व्यवस्थित गर्न जरुरी छ ।
बालगृहको हकमा विसं २०६९ देखि लागू गरिएको मापदण्डमा आवासीय बालगृह बालबालिकाको हेरचारको अन्तिम उपाय भएको सुनिश्चित गरिनुपर्ने, बाल गृहमा भर्ना गरिने बालबालिकाको पूर्ण परिचय खुल्ने व्यक्तिगत विवरण तयार गर्नुपर्ने र बालबालिकालाई बालगृहमा भर्ना गर्नेबित्तिकै आवास, पोसाक र राम्रो भोजनको व्यवस्था गर्नुपर्नेलगायतका मापदण्ड समावेश गरिएको छ ।
यसबाहेक बालबालिकाको संख्याअनुसार कर्मचारीको व्यवस्था गरिनुपर्ने पनि मापदण्डमा छ ।

रत्ननगर । पञ्चरत्न दुग्ध उत्पादक सहकारी संस्था रत्ननगर ११ ले नवौँ साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न गरेको छ ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्यामप्रसाद न्यौपानेले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि वडा नं ११ वडाध्यक्ष शशीभक्त न्यौपाने रहेका थिए । संस्थाका अध्यक्ष न्यौपानेले वार्षिक प्रतिवेदन पेश गरेका थिए । लेखा समितिका संयोजक राजेश्वर खतिवडाले आयव्यय प्रस्तुत गरेका थिए ।
अधिवेशनले यज्ञबहादुर धमालाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा धनबहादुर गुरुङ, सदस्यहरुमा छविलाल श्रेष्ठ, तिलकबहादुर घिमिरे, तिलक बास्तोला, श्यामसुन्दर ढकाल, तुलसीमाया श्रेष्ठ, पार्वती तिवारी, बिनु बस्तोला रहेका छन् ।
लेखा संयोजकमा राजेश्वर खतिवडा नै निर्विरोध भएका छन् । लेखा समितिको सदस्यहरुमा निर्मल ढकाल, लक्ष्मण न्यौपाने छन् । कार्यक्रम रुद्रप्रसाद ढकालले सञ्चालन गरेका थिए । कार्यक्रममा ५ जना उत्कृष्ट किसानलाई पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *