सर्लाहीको हरिवन ५ घुर्कौलीको गोले टोललाई वातावरणमैत्री गाउँ घोषणा

२०७४ जेठ १५ गते

“
सर्लाही, असार ३० । सर्लाहीको हरिवन ५ घुर्कौलीको गोले टोललाई आज वातावरणमैत्री टोल घोषणा गरिएको छ । स्थानीय बासिन्दाले आ–आफ्नो घरमा चर्पी निर्माण गरी घर वरिपरी र सडकमा बोट बिरुवा रोपी हरियाली पारेपछि गोले टोललाई वातावरण मैत्री टोल घोषणा गरिएको हो ।
कार्यक्रममा स्थानीय बासिन्दाले आफ्नो गाउँलाई सँधैभरी सफा र स्वच्छ राख्ने प्रतिवद्धता जनाएका छन् । हरिवन नगरपालिका कार्यालयका कार्यकारी अधिकृत टिकाराम ढकालले सडकको छेउमा वृक्षारोपण गर्दै गोले टोललाई वातावरणमैत्री टोल घोषणा गर्नुभएको हो ।
उहाँले गोले टोल सुधार समितिका संयोजक सजनी कुमारी स्याङतानलाई वातावरणमैत्री टोल घोषणाको प्रमाण पत्र प्रदान गर्नुभयो । यसअघि घुर्कौलीका धनपति, शास्त्री र सिद्धार्थ टोल वातावरणमैत्री टोल घोषणा सकेका छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित