मोटरसाइकल चोरीमा संलग्न तीन पक्राउ
२०७४ जेठ १५ गते

“
धनगढी, चैत १९ । वडा प्रहरी कार्यालय धनगढीको टोलीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–१० का २३ वर्षीय दिनेश राना, सोही ठाउँका २२ वर्षीय रामखिलन राना र २५ वर्षीय जगदीश रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले उनीहरुबाट धनगढी उपमहानगरपालिका–५ का नरेन्द्र शाहको घरबाट चोरी गरिएको से४प ६५५२ नंकोे मोटरसाइकलसमेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








