चुनावपछि नेपाल र भारतको सम्बन्ध फेरियो– डा. भेषबहादुर थापा

काठमाडौँ, चैत १९ । रिपोटर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा सन्नेपाल–भारत प्रवुद्ध समूहका संयोजक डा. भेषबहादुर थापाले प्रधानपन्त्री के.पी ओलीको भारत भ्रमणमा १९५० को सन्धिबारे कुरा नहुने बताएका छन् । उनले प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल हुनेमा आफू पूर्ण विश्स्त रहेको बताएका छन् ।

‘अहिलेको सरकारको मुख्य फोकस राष्ट्रियतालाई बलियो बनाउने, राष्ट्रिय स्वार्थलाई अघि बढाउने र जनतालाई समृद्धि दिने नै हो, सम्वाद गर्दा यीनै कुरामा ध्यान दिनुपर्छ ।’ पूर्वराजदूत थापाले भने ।

उनका अनुसार, ‘अहिले वातावरण फेरिएको छ, चुनावपछि भारत र स्वयम् प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालका तीन जना नेतालाई फोन गरेर बधाई दिनुभयो, यसले पनि के देखाउँछ भने अहिले वातावरण फेरिएको छ ।’

भारतसँग करिब १८ वर्षअघि पञ्चेश्वर आयोजनामा हस्ताक्षर भएपनि अहिलेसम्म अगाडि नबढ्नु दुःखद भएको भन्दै उनले अब गरेर देखाउने बेला आएको बताए ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणमा १९५० को सन्धिबारे कुरा उठ्छ त भनेर प्रश्नमा प्रवुद्ध समूहका नेपाल संयोजक यो विषय भ्रमणसँग सम्बन्धित नरहेको स्पष्ट पारे ।

सन्धिबारे अहिलेसम्म गहिरिएर र करेक्सन गर्नेबारे गृहकार्य नभएको भन्दै उनले भने, ‘अहिले यो विषयले हाई लेभलमा प्रवेश पाएको छ, यसलाई समसामयिक बनाउन र विगतमा भएका तित्तता कम गर्नेगरि हामीले होमवर्क गरिरहेका छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *