विप्लवलाई प्रधानमन्त्रीको कटाक्ष : ‘खाल उठिसकेपछि च्याँखे थाप्ने ?’

काठमाडौं, चैत १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लवलाई ठट्टा मजाक गर्न मन भए धुर्मुस–सुन्तली या मदनकृण–हरीबंशको प्रहसनमा सामेल हुन आग्रह गरेका छन् ।

आफू र प्रचण्डको नाममा वारेन्ट जारी गरेको भन्दै विप्लवले केटाकेटी खेल खेलेको उनले बताए । शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “यो विप्लव कि के समुह भन्ने छ नि, केपी ओलीलाई वारेन्ट जारी गर्ने ? मजाक गर्ने ? मजाक गर्ने हो भने हरिवंश र मदनकृष्णलाई पनि सिफारिस गरिदिन्छु । प्रहसन गर्ने भए धुर्मुस सुन्तलीलाई पनि भनिदिउँला ।”

राजनीतिक मजाक नगर्न ओलीले विप्लभलाई चेतावनी दिए ।  ‘म विप्लवलाई भन्न चाहन्छु, यस्ता राजनीतिक मजाक नगर्नुस् । अलि बढ्ता भो ।’ उनले थपे, “प्रचण्डलाई समेत वारेन्ट, कुन्नी कुन गाउँमा चाँही आउनु । सात दिनभित्र हाजिर हुन । यसप्रकारका राजनीतिक मजाकहरु नगर्न म विप्लवलाई आग्रह गर्छु ।”

स–साना समुहले च्याँखे थापेको भन्दै ओलीले माओवादी युद्धलाई खालको संज्ञा दिदै खाल उठिसकेपछि च्याँखे थापेर केही नहुने बताए ।

अब देश त्यस्ता अनावश्यक कुरामा नअलमलिने भन्दै ओलीले देश विकासमा आफू केन्द्रित भएको बताए ।

देशमा सद्भाव खलबल्याउने प्रयास भइरहेको भन्दै ओलीले त्यस्ता प्रयास असफल हुने बताए । “ट्याउट्याउ आवाज आइरहेको छ । कहाँबाट आएको छ यो ?” ओलीले प्रश्न गरे ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *