एन आई सी एशियाको शाखारहित बैंकिङ्क सेवा इलामको गोदकमा

काठमाडौँ, चैत १६ । एन आई सी एशिया बैंक लिमिटेडले शाखारहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । ग्रामीण तथा दुर्गम जिल्लाहरुमा वितिय सबलीकरण गर्ने उद्देश्यले बैंकले आजदेखी चौैंथो शाखारहित बैंकिङ्ग सेवा घट्टाबजार, गोदक, इलामबाट संचालनमा ल्याएको हो ।

सो बैंकिङ्ग सेवाको उद्घाटन इलाम नगरपालिका, वडा नं. १० का मानव अधिकार निगरानी समितीका अध्यक्ष चन्द्रमणि गौतमले गरेका हुन् । बैँकले उक्त शाखारहित बैंकिङ्ग सेवा सञ्चालनको लागि प्रतिनिधिको रुपमा धर्ममणि गौतमलाई नियुक्त गरेको छ ।

उक्त सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नै गाउँमा स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।

यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम को महशुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

हाल बैँकको मुलुकभर गरी १८७ शाखा र १९० एटिएम रहेका छन् भने बैँकले ४ वटा एक्स्टेन्सन काउन्टर, ४ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्षएवं अप्रत्यक्ष समेत गरी) सहित ५,३८५ भन्दा बढि भौतिक सञ्जाल मार्फत् बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *